×

NIC ASIA

सरसर्ती २४ घण्टा

गठबन्धनलाई निरन्तरता दिने कांग्रेसको निर्णय, कानुनी लडाइँमा सन्दीप

काठमाडाैं | फागुन ११, २०८०

Prabhu Bank
NTC
Premier Steels

‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ– 
वर्तमान सत्ता गठबन्धनलाई निरन्तरता दिने निर्णयसहित नेपाली कांग्रेसको महासमिति बैठक सम्पन्न भएको छ । बिहीबार ललितपुरको गोदावरीमा सम्पन्न बैठकले महामन्त्री गगन थापाको संगठनात्मकसहित सबै प्रतिवेदन पारित गरेको छ । तर, ती प्रतिवेदनलाई केन्द्रीय समिति बैठकले परिमार्जनसहित अनुमोदन गर्नेछ । महासमिति बैठकमा उठेका आवाजहरुलाई समेटेर परिमार्जनसहित अनुमोदन गर्ने निर्णय भएको प्रचार विभाग संयोजक मीन विश्वकर्माले जानकारी दिए । 
००००
कांग्रेसका सभापति शेरबहादुर देउवाले महासमिति बैठकमा पारित भएका प्रतिवेदन परिमार्जनसहित अनुमोदन हुने बताएका छन् ।
महासमिति बैठकको समापन सत्रमा उनले प्रतिवेदनमाथि आएका राय सुझावलाई आत्मसात् गर्दै केन्द्रीय समितिले अनुमोदन गर्ने बताए । कांग्रेस महासमिति बैठकबाट भएका निर्णयलाई देश र विदेशबाट महत्त्वका साथ हेरिएको सभापति देउवाको भनाइ थियो । 
००००
नेपाली कांग्रेसमा इतर पक्षका नेता डा शेखर कोइरालाले पार्टीमा अवसरको न्यायोचित वितरण नेतासामु चुनौतीको रुपमा खडा भएको बताएका छन् ।
कोइरालाले महासमिति बैठकको समापन सत्रमा बिहीवार आफ्नो धारणा राख्दै यस्तो बताएका हुन् ।
केन्द्रीय सदस्य कोइरालाले पार्टीमा अवसरको न्यायोचित वितरण नहुँदा निष्ठावान, निस्वार्थ र संघर्षशील साथीहरू ओझेलमा परेको आमगुनासो आएको उनले उल्लेख गरे ।
००००
२२ बुँदे समसामयिक प्रस्ताव पारित गर्दै नेकपा एमाले केन्द्रीय कमिटीको सातौँ पूर्ण बैठक बिहीबार सम्पन्न भएको छ । 
यही फागुन ८ गतेदेखि चलेको उक्त बैठकले वर्तमान सरकारले जनजीवनका सवाललाई सम्बोधन गर्न नसकेको भन्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा, संविधानको प्रभावकारी कार्यान्वयन, विकास र समृद्धिका लागि संसद् र सडकबाट जनतालाई अनुभूति हुने गरी भूमिका निर्वाह गर्ने निचोड निकालेको छ ।
००००
त्रिभुवन विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्रिविको ४९औँ दीक्षान्त समारोहमा सम्बोधन क्रममा क्षमता र दक्षताको आधारमा मात्रै उपकुलपति नियुक्ति गर्ने घोषणा गरेका थिए । उनले सोहीअनुसार त्रिविलाई सूचना जारी गर्न निर्देशन दिए । 
खुला प्रतिस्धर्पाका आधारमा त्रिविका उपकुलपति नियुक्तिका लागि सूचना प्रकाशित गरिए पनि तीन वर्ष पदाधिकारी भएको हुनुपर्ने सर्त राखिएपछि प्रधानमन्त्री दाहालले पुनः सूचना प्रकाशित गर्न निर्देशन दिए। सोहीअनुसार नै नियुक्त प्रक्रिया अगाडि बढेको थियो । 

Muktinath Bank

त्रिविले कार्यविधि संशोधन गरेर जारी गरेको सूचनाको आधारमा उपकुलपतिका लागि ४३ जनाको आवेदन परेको थियो । दरखास्त दिएका ४३ मध्ये प्रस्तुतीकरण र अन्तर्वार्ताका लागि १४ जना छानिएका थिए । प्रधानमन्त्री दाहालले सोहीअनुसार उपकुलपति नियुक्तिको आधार तयार गर्न कस्ता प्रावधान बनाउने भन्ने विषयमा विज्ञसँग छलफल गरेका थिए । अन्तिममा तीन जनाको नाम उपकुलपतिमा सिफारिस भएकामा बिहीबार केशरजंग बराल नियुक्त भएका छन् । 
००००
नेकपा माओवादी केन्द्रले तराई–मधेसका क्षेत्रमा पार्टीलाई जनतासँग जोड्ने उद्देश्यले तराई–मधेस हुलाकी राजमार्ग जागरण अभियानको तयारीका सम्बन्धमा छलफल गरेको छ ।  
पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा पार्टी मुख्यालय पेरिसडाँडामा बसेको स्थायी समिति बैठकमा आगामी चैत १ देखि १५ गतेसम्म सञ्चालन हुने दोस्रो चरणको अभियानका बारेमा छलफल भएको सचिव गणेश साहले जानकारी दिए ।
००००
काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा करिब एक किलो अवैध सुन बरामद भएको छ ।
करिब एक किलो सुन लिएर आएका भारतीय नागरिक बिहीवार पक्राउ परेको विमानस्थल सुरक्षा कार्यालयका प्रमुख एसएसपी कृष्णहरि शर्माले लोकान्तरलाई जानकारी दिए ।
००००
क्रिकेटर सन्दीप लामिछाने काठमाडौं जिल्ला अदालतको फैसलाविरुद्ध पुनरावेदनका लागि उच्च अदालत पाटनमा मुद्दा दर्ता गराएका छन् । 
जिल्लाको निर्णयबाट असन्तुष्ट भएका लामिछानेले बिहीवार उच्च गएर पुनरावेदन गरेको उनका वकिल सरोजकृष्ण घिमिरेले बताए । उनी जेलबाहिरै बसेर मुद्दा लड्नेछन् । 
००००
सत्तारुढ दल नेपाली कांग्रेसका १ हजार ६३ महासमिति सदस्यले हिन्दूराष्ट्रको पक्षमा हस्ताक्षर गरेका छन् । ३९ केन्द्रीय सदस्यसहित १ हजार ६३ जनाको हस्ताक्षर बिहीवार पार्टी सभापति शेरबहादुर देउवालाई बुझाइएको छ ।
००००
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई फटाहाको संज्ञा दिइएको भन्दै नेपाली कांग्रेसका सांसदले प्रतिनिधि सभामा नियमापत्ति गरेका छन् । 
बिहीवार बसेको प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्ने क्रममा राप्रपा सांसद रोशन कार्कीले प्रधानमन्त्रीमा फटाहा बोल्ने गुण थपिएको बताएकी थिइन् । यसैगरी बिहीबारको बैठक कोरम नपुगेपछि शुक्रबारसम्म स्थगित भएको थियो । त्यसअघि बोल्दै विपक्षी सांसदहरुले विवादित मन्त्रीहरुको राजीनामा मागेका थिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x