×

NIC ASIA

सरसर्ती २४ घण्टा

सुदूरपश्चिममा रेशम चौधरीको पार्टी सरकारमा, प्रचण्डले कहिले लिन्छन् विश्वासको मत ?

काठमाडाैं | फागुन २६, २०८०

Prabhu Bank
NTC
Premier Steels

लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनक्रमसहित उपस्थित भएका छौँ–
सुदूरपश्चिम प्रदेशमा रेशम चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टी सरकारमा सहभागी भएको छ ।  नवनियुक्त तीन मन्त्रीले शुक्रबार शपथ ग्रहण गरिसकेका छन् । उनीहरूले प्रदेश प्रमुख देवराज जोशीबाट शपथ लिएका हुन् । 

Muktinath Bank

शपथ लिनेका आर्थिक मामिलामन्त्री घनश्याम चौधरी,  विना विभागीय मन्त्री खुसीराम चौधरी र भूमि व्यवस्था राज्यमन्त्री इन्दिरा गिरी छन् । केन्द्रम सत्ता समीकरणमा फेरबदल आएसँगै सदूरपश्चिममा पनि त्यसको साइड इफेक्ट देखिएको छ । यसअघि सुदूरपश्चिमका मुख्यमन्त्री कमल बहादुर शाहले माओवादी र एकीकृत समाजवादीका मन्त्रीलाई बर्खात गरेका थिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

हाल सरकारमा सहभागी नागरिक उन्मुक्ति पार्टी केन्द्रीय गठबन्धनमा सहभागी हुन सकारात्मक देखिएपनि अन्तिम समयमा सुदूरपश्चिम प्रदेशमा सहभागी भएको हो । 
००००
फागुन २० गते राति भएको सहमतिअनुसार नयाँ गठबन्धन बनाएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले छिट्टै प्रतिनिधिसभामा विश्वासको मत लिने तयारी गरेका छन् । 


Advertisment
Nabil box
Kumari

कांग्रेस बाहिरिने र एमाले भित्रिने गरी प्रधानमन्त्रीले गत सोमबार सानो आकारको मन्त्रिपरिषद् पुनर्गठन गरेका थिए । कांग्रेससँग पर्याप्त छलफल नै नगरी नयाँ गठबन्धनको सहमति गरेका प्रधानमन्त्रीले छिट्टै विश्वासको मत लिन लागेका हुन् । 

Vianet communication

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति र संसदीय दल बैठकको निर्णयानुसार प्रमुख सचेतक रमेश लेखकले बिहीबार प्रधानमन्त्री प्रचण्डलाई दिएको समर्थन फिर्ता लिएको जानकारी प्रतिनिधिसभाको बैठकलाई गराएका थिए । यसैले संविधानबमोजिम सरकारमा सहभागी भएको दलले समर्थन फिर्ता लिएको ३० दिनभित्र प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने प्रावधान छ । यसअनुसार चैत २३ गतेभित्र विश्वासको मत लिनुपर्ने भएको हो । 
प्रतिनिधिसभाको अर्को बैठक फागुन ३० गते बस्दैछ । यही बैठकबाट विश्वास मत लिने तयारी भइसकेको छैन । तर यसअघि जस्तो बलियो नभई मुस्किलको मात्रै बहुमत भएपछि प्रधानमन्त्रीले छिट्टै विश्वासको मत लिने संकेत गरेका छन् । 
००००
भारतीय अभिनेता गोविन्दाले नेपालको रौतहटको मौलापुरमा आफ्नो प्रस्तुति दिएका छन् । 
शुक्रबार मौलापुरमा आयोजित मधानी महोत्सवमा गोविन्दाले गीत तथा नृत्य प्रस्तुत गरे । महोत्सवमा विशेष पाहुनाका रुपमा गोविन्दा सहभागी थिए ।

नेपाली अभिनेता पल शाहसहित भोजपुरी चलचित्रका कलाकारहरू समेत महोत्सवमा सहभागी रहे । कलाकारहरूको प्रस्तुति हेर्न हजारौंको संख्यामा दर्शकहरू मौलापुर पुगेका थिए ।
००००
काठमाडौंबाट सोलुखुम्बुको लुक्ला उडेको एयर डाइनेस्टीको हेलिकप्टरमा चरा ठोक्किएको छ । 
उक्त हेलिकप्टरमा चरा ठोक्किए पनि सकुशल काठमाडौं फर्काएर अवतरण गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता सुवास झाले लोकान्तरलाई जानकारी दिए ।
००००
महाशिवरात्रिका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले आराध्य देव पशुपतिनाथको पूजाअर्चना गरेका छन् । उनलाई पशुपतिनाथ मन्दिरका मूल भट्टले चन्दन, फूलप्रसाद प्रदान गरेका थिए ।

त्यसअघि राष्ट्रपति पौडेललाई पशुपतिनाथ मन्दिर परिसरमा पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्का अध्यक्षसमेत रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङ, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव दीपक काफ्ले, कोषका सदस्यसचिव राजुकुमार खत्री, कोषाध्यक्ष नारायणप्रसाद सुवेदी, परिषद्का सदस्यहरू, स्थानीय नियकायका प्रमुख तथा प्रतिनिधि, गुठी संस्थानका उच्चपदस्थ अधिकारीलगायत कर्मचारीले स्वागत गरेका थिए ।
यसैबीच देशभरका शिवालयहरुमा शुक्रबार महाशिवरात्रि पर्व मनाइएको छ । 
००००
नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले मुलुकको स्थिरताको लागि अहिलेको गठबन्धन बनेको बताएका छन् ।
उनले अस्थिर पुष्पकलम दाहाल ‘प्रचण्ड’ प्रवृत्तिलाई स्थिर बनाउन नेकपा एमालेले कोशिश गरी नयाँ मोर्चा बनाएको दाबी गरे ।
००००
नेकपा एमालेले नयाँ गठबन्धनमा साथ समर्थनका लागि अन्य राजनीतिक दलहरूलाई आग्रह गरेको छ । 

नयाँ सत्ता समीकरण बनेपछि पहिलोपटक केन्द्रीय कार्यालय च्यासलमा शुक्रबार बसेको सचिवालय बैठकले नयाँ प्रक्रियालाई साथ समर्थन गर्न अन्य राजनीति दललाई पनि अनुरोध गर्ने निर्णय गरेको महासचिव शंकर पोखरेलले जानकारी दिए । 


 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x