×

NIC ASIA

सरसर्ती २४ घण्टा

माओवादीले उम्मेदवार छान्दा प्रचण्डको आलोचना

काठमाडाैं | फागुन २८, २०८०

Prabhu Bank
NTC
Premier Steels

‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ– 
माओवादी केन्द्रले राष्ट्रिय सभा अध्यक्षको उम्मेदवार नारायण दाहाललाई बनाएको छ । बालुवाटारमा बसेको पदाधिकारी बैठकले दाहाललाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।  दाहाल नाताले प्रधानमन्त्री प्रचण्डका भाइ हुन् । 

Muktinath Bank

उम्मेदवारमा ६ वर्ष कार्यकाल भएका झक्कुप्रसाद सुवेदीको चर्चा भए पनि ४ वर्ष कार्यकाल भएका दाहाललाई माओवादीले उम्मेदवार बनाएको हो । दाहाललाई उम्मेदवार बनाइएपछि पार्टीभित्र असन्तुष्टि देखिएको छ । यस्तै सामाजिक सञ्जालमा समेत प्रचण्डले परिवारवाद रोजेको भन्दै तीव्र आलोचना भएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यता नेपाली कांग्रेसले भने राष्ट्रिय सभा अध्यक्षको उम्मेदवारमा युवराज शर्मालाई उठाउने निर्णय गरेको छ । फागुन २९ गते हुने राष्ट्रिय सभा अध्यक्ष निर्वाचनका लागि सोमबार बिहान ११ देखि १ बजेसम्म उम्मेदवारी दर्ता गराउनुपर्ने छ ।
००००
विशेष अदालत काठमाडौँले उच्च अदालत दिपायल राजपुरका रजिष्ट्रार रणबहादुर कटवाललाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ ।
विशेष अदालतले उनलाई रकम हिनामिना गरी भ्रष्टाचार गरेको भन्दै कैद तथा जरिवाना हुने सजाय सुनाएको विशेष अदालतका उपरजिष्ट्रार तथा प्रवक्ता धनबहादुर कार्कीले जानकारी दिए।
००००
नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले फागुन ३० गते विश्वासको मत लिने निश्चित भएको छ । उनले विश्वासको मत लिने प्रयोजनका लागि आइतबार संसद सचिवालयमा पत्राचार भएको छ ।
००००
महाशिवरात्रि पर्वमा पशुपतिनाथ दर्शनका लागि आएका स्वदेश तथा विदेशका गरी तीन हजार दुई सय ८९ साधुसन्तलाई  दान दक्षिणासहित बिदाइ गरिएको छ ।
सोमबार बिहान ११ बजेदेखि सबै साधुसन्तलाई दान दक्षिणासहित बिदाइ गरिएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव राजुकुमार खत्रीले जानकारी दिए । 
००००
जनमत पार्टी, जनता प्रगतिशील पार्टी र तराई मधेश लोकतान्त्रिक पार्टीबीच सहकार्य गर्ने सहमति भएको छ ।
जनमत पार्टीका अध्यक्ष डा सीके राउत, जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठी र तमलोपाका अध्यक्ष वृषेशचन्द्र लालबीच आइतवार ७ बुँदामा हस्ताक्षर गरी सहकार्य गर्ने सहमति भएको हो ।
००००
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आमन्त्रित सदस्यमा संखुवासभाका दीपक खड्का मनोनीत भएका छन् ।
कांग्रेस सभापति शेरबहादुर देउवाले आइतवार उनलाई आमन्त्रित केन्द्रीय सदस्यमा मनोनीत गरेका पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
००००
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बदलिएको परिस्थितिअनुसार तयार हुने ‘न्यूनतम् साझा कार्यक्रम’ अनुसार काम गर्न निर्देशन दिएका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको अर्धवार्षिक समीक्षा बैठकमा प्रधानमन्त्रीले सरकारको न्यूनतम् नीति तथा कार्यक्रमअनुसार थप गतिशील भएर काम गर्न निर्देशन दिएका हुन् ।
००००
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक दोहोरो अङ्कले बढेको छ । आइतबार  नेप्से परिसूचक २२ दशमलव १० अङ्कले बढेर दुई हजार ५२ दशमलव ६५ को विन्दुमा कायम भएको हो ।
००००
नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको पछिल्लो ७ महिनामा जम्मा ५ दशमलव शून्य १ प्रतिशत मुद्रा स्फिति कायम रहेको जनाएको छ ।
देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गर्दै राष्ट्र बैंकले मुद्रा स्फिति नियन्त्रण रेखाभन्दा भित्रै रहेको तथ्यांक सार्वजनिक गरेको हो ।
००००
आगामी वैशाख १५ गते हुन गइरहेको प्रतिनिधि सभाको उपनिर्वाचनका लागि इलाम– २ मा नेकपा एमालेको तर्फबाट सुहाङ नेम्वाङले औपचारिक दाबी पेश गरेका छन् ।
एमाले इलामले उपनिर्वाचनका लागि गठन गरेको कार्यदलमा सुहाङले आइतवार निवेदन दिँदै औपचारिक दाबी पेश गरेका हुन् ।
००००
नवनियुक्त उपप्रधान तथा स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नवगठित मन्त्रिपरिषद्मा पाँचौं वरीयता पाएका छन् ।
यादवले आइतवार शपथ लिएपछि राष्ट्रपतिको कार्यालयले सार्वजनिक गरेको वरीयतामा उनको नाम पाँचौमा राखिएको छ ।
००००
नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले २०८४ मा हुने चुनावमा आफ्नो निर्वाचन क्षेत्र गोरखा–२ बाटै लड्ने तयारी थालेका छन् ।
त्यहाँका मतदाताहरूसँग वृहत् छलफल गरेपछि आएको सुझावलाई ग्रहण गर्दै भट्टराईले गोरखा–२ बाटै चुनाव लड्ने तयारी थालेको नेसपाका केन्द्रीय सदस्य विश्वदीप पाण्डेले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।


Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x