×

NMB BANK
NIC ASIA

जाँचबुझ आयोगको प्रतिवेदन

विदेशबाट ५० ग्रामसम्म सुनका गहना जति पटक पनि ल्याउन दिन आयोगको सिफारिस

मोदीले 'डिमोनेटाइजेसन' गरेपछि सुन तस्करी बढेको निष्कर्ष

काठमाडाैं | चैत ४, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

सुन तस्करी सम्बन्धी छानबिन गर्न गठित जाँचबुझ आयोगले महिला र पुरुषलाई ५० ग्रामसम्म सुनका गहना  विदेशबाट जति पटक पनि ल्याउन दिने गरी ऐन संशोधन गर्न सिफारिस गरेको छ ।

Muktinath Bank

पूर्वन्यायाधीश डिल्लीराज आचार्यको संयोजकत्वमा गठित उच्च स्तरीय जाँचबुझ आयोगले गृह मन्त्रालयलाई हस्तान्तरण गरेको प्रतिवेदनमा सरकारलाई उक्त सुझाव दिइएको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

गृह मन्त्रालय उच्च स्रोतका अनुसार उक्त प्रतिवेदनमा विभिन्न नीतिगत, संरचनागत सुधार गर्न सिफारिश गरिएको छ । 'जसमध्ये झिटी गुन्टा नियमावलीलाई पनि संशोधन गरेर पुरुष र महिलाले समान ५० ग्रामको सुनको गहना जति पटक पनि ल्याउन पाउने गरी व्यवस्था मिलाउन सिफारिस गरिएको छ,' गृह स्रोतले लोकान्तरसँग भन्यो, '१५ दिनपछि मात्र एक व्यक्तिले सुनका गहना ल्याउन पाउने व्यवस्थालाई संशोधन गरेर जसले जति पटक पनि ल्याउन पाउने गरी व्यवस्था मिलाउन सिफारिस गरिएको छ ।'


Advertisment
Nabil box
Kumari

सुन आयात गर्नका लागि नेपाल राष्ट्र बैंकबाट डलर खरिद गरेर खर्च गर्नु पर्ने समस्या यस्तो व्यवस्थाबाट कम हुने प्रतिवेदनमा उल्लेख छ ।

Vianet communication
Laxmi Bank

भन्सार ऐन संशोधन गरेर सजाय बढाउन सिफारिस 

त्यसै गरी भन्सार ऐनलाई पनि संशोधन गर्न आयोगले सिफारिस गरेको छ ।

'अहिलेको भन्सार ऐन पनि संशोधन गर्नुपर्छ भनिएको छ,' स्रोतले थप्यो,'कैद सजाय र जरिवाना बढाउन आयोगले सिफारिस गरेको छ । पटके कसूर गर्नेलाई बढी कैद र जरिवाना गर्नु पर्ने प्रतिवेदनमा सुझाव दिइएको छ ।'

विमानस्थलमा संरचनागत सुधार गर्न सिफारिस 

यसैगरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको संरचनागत सुधार गर्नुपर्ने सुझाव प्रतिवेदनले छ । विमानस्थलमा परिचालन भएका सुरक्षा निकाय तथा एजेन्सीहरूको एउटा संयुक्त निगरानी टोली हुनुपर्ने सिफारिस गरिएको छ । 'नेपाल प्रहरी, सशस्त्र प्रहरी, राजश्व अनुसन्धान विभाग, भन्सार विभाग  र राष्ट्रिय अनुसन्धान विभाग सहितका एजेन्सीको संयुक्त निगरानी टोली पनि विमानस्थलमा परिचालन गर्नुपर्छ भनेर आयोगले सिफारिस गरेको छ,' स्रोतले लोकान्तरसँग भन्यो,'सबै निकायको संयुक्त टोली भयो भने सबैलाई तस्करले मिलाउन गाह्रो हुने तर्क गरिएको छ ।'

भन्सार प्रमुख राजश्व समूहकै हुनुपर्ने 

त्यस बाहेक विमानस्थलको भन्सारमा खटिने सहसचिव (प्रमुख) राजश्व समूहको मात्रै हुनु पर्ने भनेर सिफारिस गरिएको छ ।'अहिले विभिन्न सेवा समूहबाट त्यहाँ सहसचिव खटिएर जाँदा पनि समस्या भएको आयोगको प्रतिवेदनले औँल्याएको छ,' त्यो स्रोतले थप्यो,'त्यसैले विमानस्थलको भन्सारका लागि छुट्टै राजश्व सेवाको समूह समुहिकृत गरेर त्यस समूहका सहसचिव मात्र परिचालन गर्न सुझाव दिइएको छ ।'

विमानस्थल देखि विभिन्न नाकामा भेहिकल स्क्यानर जडान गर्न सुझाव 

विमानस्थलमा भेहिकल स्क्यानर जडान गरेर संचालन गर्नु पर्ने सुझाव समेत दिइएको छ । अहिले पनि विमानस्थलमा भेहिकल स्क्यानर छन्  तर त्यसलाई सञ्चालनमा ल्याइएको छैन । उक्त स्क्यानरलाई सञ्चालनमा ल्याएर क्रमशः थानकोट नाकामा, तातोपानी नाकामा हुँदै विभिन्न नाकामा क्रमशः जडान गर्नुपर्ने सुझाव दिइएको छ ।

वीरगन्ज र नेपालगन्जमा सञ्चालित एकीकृत चेक पोस्ट बाहेक पुरानो नाकाबाट सम्भव भए सवारी साधन आउन नदिएर पैदल यात्रीलाई मात्र आउन दिनु हुने सुझाव दिइएको छ ।

भारतमा डिमोनेटाइजेसन भएपछि सुन तस्करी बढेको निष्कर्ष 

 भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले 'डिमोनेटाइजेसन' गरेपछि नेपालमा सुनको तस्करी बढेको आयोगले निष्कर्ष निकालेको छ । कालो धनलाई सेतो धन बनाउने प्रयोजनले भारतमा सुनको माग बढेपछि नेपालबाट भारत सुनको तस्करी बढेको आयोगको प्रतिवेदनमा उल्लेख छ । त्यसै गरी इजी मनि आर्जन गर्ने उद्देश्यले विदेशमा सुनलाई मुद्राको सटहीको रूपमा प्रयोग गर्न सकिने उद्देश्यले देशले मुद्रा छाप्दा सुनलाई ४५ देखि ६८ प्रतिशत सम्म भार राख्नु पर्ने प्रावधानले पनि सुनको तस्करी बढेको आयोगको प्रतिवेदनमा उल्लेख छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x