कात्तिक १८, २०८०
भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...
बुटवल | बैशाख ६, २०८१
लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महरा सरकारलाई पूर्णता दिने तयारीमा जुटेका छन् । उनले आजै मन्त्रिपरिषद् विस्तारको तयारी गरेका हुन् ।
प्रमुख सत्ता साझेदार नेकपा एमाले संसदीय दलका नेता लिला गिरी पाँच जना मन्त्रीको नाम मुख्यमन्त्री महरालाई दिइसकेका छन् । एमाले संसदीय दलका उप–नेता चेतनारायण आचार्य नेतृत्वमा सरकार जाने भएको छ ।
अर्घाखाँचीका आचार्यले अर्थ मन्त्रालय पाउने बताइएको छ । रूपन्देहीका भूमिश्वर ढकाललाई शहरी विकास मन्त्री, गुल्मीका दिनेश पन्थी गृह, कपिलवस्तुका अर्जुनकुमार केसीलाई वन र बाँकेका रत्नबहादुर खत्रीलाई सामाजिक विकास मन्त्रालयको जिम्मेवारी दिने मोटामोटी सहमति भएको एमाले प्रमुख सचेतक तुलसी चौधरीले जानकारी दिए ।
त्यस्तै यसअघि नैं मन्त्री भइसकेका नेकपा माओवादीका दिपेन्द्र पुनले स्वास्थ्य मन्त्रालय पाउनेछन् । माओवादीबाटै बाँकेकी कृष्ण केसीलाई सिचाईं ऊर्जा तथा खानेपानी, पश्चिम नवलपरासीका स्वतन्त्र सांसद खड्ग बस्नेतलाई उद्योग पर्यटन तथा सहकारी मन्त्रालयको पाउने बताइएको छ ।
त्यस्तै बाँकेका जनता समाजवादी पार्टी (जसपा) का भण्डारीलाई भूमि व्यवस्था कृषि तथा सहकारी र बर्दियाका नागरिक उन्मुक्ति पार्टी (नाउपा)का धर्मबहादुर चौधरीलाई भौतिक पूर्वाधार मन्त्रालय पाउने भएका छन् ।
नेकपा एकीकृत समाजवादी र जसपालाई थप एक मन्त्रालय फुटाएर भए पनि भागबण्डा पुर्याउने गरी मुख्यमन्त्री जुटेका छन् । लुम्बिनी अहिले दश मन्त्रालय छन् । नयाँ मन्त्रीको बिहीबार साँझ सपथ ग्रहणको तयारी रहेको बताइएको छ ।
भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो । दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...
जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...
जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...
गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ । बाँचेकाहरू शोक र पीडामा छन् । ...
शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए । सोमवार अपरान्ह उनको शव लिएर मलामी...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...