×

NIC ASIA

सूर्य टोबाकोलाई स्वास्थ्य मन्त्रालयको पत्र– ‘एक महिनाभित्र नियम पालना गरी जानकारी गराउनू’

बैशाख २६, २०७५

Prabhu Bank
NTC
Premier Steels

काठमाडौं, २६ वैशाख–गैरकानूनी रूपमा चुरोट उत्पादन गर्दै आएको सूर्य टोबाकोलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन निर्देशिका– २०७१ तत्काल कार्यान्वयन गर्न निर्देशन दिँदै पत्र काटेको छ ।

Muktinath Bank

सुर्तीजन्य पदार्थको बट्टा तथा प्याकेटमा ९० प्रतिशतचेतावनीमूलक सन्देश र चित्र छाप्नुपर्ने कानूनी व्यवस्थालाई सूर्य टोबाकोले बेवास्ता गर्दै आएको थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सोमबार स्वास्थ्य मन्त्रालयमा बसेको सचिवस्तरीय बैठकको निर्णयअनुसार मंगलवार स्वास्थ्य मन्त्रालय कानून शाखाका उपसचिव शम्भुराज रेग्मीले सूर्य टोबाकोलाई पत्र काटेका छन् ।


Advertisment
Nabil box
Kumari

सुर्तिजन्य पदार्थ नियन्त्रण तथा नियमन ऐन र नियमावलीअनुसार चुरोटका बट्टा तथा प्याकेटमा अनिवार्यरूपमा ९० प्रतिशत चेतावनीमूलक सन्देश र घातक चित्र छाप्नुपर्ने व्यवस्था भए पनि सूर्य टोबाको कम्पनीले तीन वर्षदेखि कानूनलाई अटेर गर्दै आएको छ ।

Vianet communication

सूर्य टोबाकोले कानुन अटेर गर्दै नियमविपरीत चुरोट उत्पादन गर्दै आएको विषयमा यसअघि लोकान्तरले समाचार प्रकाशित गरेको थियो ।

सञ्चार माध्यमहरूमा सूर्य टोबाकोले कानुनलाई अटेर गर्दै चुरोट उत्पादन गर्दा पनि स्वास्थ्य मन्त्रालयले साचो नदिएको समाचारहरू बाहिर आउन थालेपछि स्वास्थ्य मन्त्रालयले उक्त कम्पनीलाई कानूनको दायरामा ल्याउन पहल थालेको हो ।

स्वास्थ्य राज्यमन्त्री पद्या अर्यालले गत साता पत्रकार सम्मेलन गर्दै सूर्य टोबाको कम्पनीलाई एक साताभित्र निर्देशिका कार्यन्वयन गर्न लगाउने र नियम पालना नगरे कारबाही गर्ने बताएकी थिइन् । स्वास्थ्य राज्यमन्त्री पद्मा आर्यालको निर्देशन अनुरूप स्वास्थ्य मन्त्रालयले उक्त कम्पनीलाई कानुन अनुसार ९० प्रतिशत चेतावनीमूलक चित्र छाप्न भन्दै पत्र काटेको हो ।

मन्त्रालयले उक्त कम्पनीलाई पठाएको पत्रमा सूर्य टोबाकोलाई एक महिनाभित्र नियम कार्यन्वयन गरी मन्त्रालयमा जानकारी दिन आदेश दिएको छ ।

मानव स्वास्थ्यलाई गम्भीर असर पार्ने सुर्तीजन्य पदार्थको प्रयोगलाई निरुत्साहित गर्न भन्दै सरकारले सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन गर्ने ऐन २०६८ संशोधन गरी २०७१ सालमा सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन गर्ने निर्देशिका बनेको थियो ।

निर्देशिकामा सुर्तीजन्य पदार्थको बट्टा, प्याकेट, र्‍यापर्स, पेटी तथा पार्सल प्याकेजिङमा ९० प्रतिशत चेतावनीमूलक सन्देश र चित्र छाप्नुपर्ने तथा अंकित गर्नुपर्ने व्यवस्था गरियो । २०७१ को निर्देशिकामा चेतावनीमूलक सन्देश छाप्नुपर्ने व्यवस्था परिमार्जन गरी ७५ प्रतिशतबाट बढाएर ९० प्रतिशत पुर्‍याइएको थियो ।

निर्देशिका अनरूप सुर्ती उद्योगहरुले २०७२ जेठ १ गतेदेखि बजारमा पठाउने सुर्तीजन्य पदार्थको प्याकेटमा ९० प्रतिशत चेतावनीमूलक चित्र अंकित सन्देश हुनुपर्ने व्यवस्था छ ।

उक्त नियमलाई सूर्य टोबाको कम्पनीले नटेरेपछि स्वास्थ्य मन्त्रालयले यसअघि पनि कम्पनीको नामै तोकेर नियम पालना गर्न निर्देशन दिएको थियो ।

करीब ८० प्रतिशत चुरोटको बजार ओगटेको सूर्य टोबाकोले आफूले उत्पादन गर्ने सूर्य चुरोटको बट्टामा ९० प्रतिशत चेतावनीमूलक सन्देशसहितको रंगित चित्र अंकित नगरेरै आफ्ना उत्पादनहरू बजारमा पठाइरहेको छ ।

हेर्नुहोस् पत्र :

hAMROPATRO BELOW NEWS
TATA Below
माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

x