
बुटवल – ५ नम्बर प्रदेशमा ४ वटा राष्ट्रिय गौरवका आयोजना निर्माणाधीन छन् ।
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवा (रुपन्देही), लुम्बिनी विकास कोष (रुपन्देही), सिक्टा सिँचाइ आयोजना (बाँके) र बबई सिँचाइ आयोजना (बर्दिया) प्रदेशमा ४० वर्ष अगाडिदेखि शुरू भएका आयोजना हुन् तर हालसम्म पनि पूूरा हुन सकेका छैनन् ।
समग्रमा आयोजनाको गति ६० प्रतिशत मात्र देखिन्छ । यी आयोजना चाँडै पूूरा हुुने छाँटकाँट छैन । प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले सपथ लिँदा समेत राष्ट्रिय गौरवका आयोजना छिट्टो सम्पन्न गर्न निर्देशन दिने बताएका थिए । प्रदेशमा सञ्चालित राष्ट्रिय गौरवका आयोजनाको गति कस्तो छ ?
सिक्टा सिँचाइ आयोजना
२०६१ सालमा शुरू गरिएको आयोजना २०७१/०७२ भित्र सम्पन्न गर्ने लक्ष्य लिएपनि सम्पन्न हुन नसकेकाले २०७६/०७७ सम्म म्याद थप गरिएको छ । अगैयास्थित राप्ती नदीमा बाँध निर्माण गरी राप्ती पश्चिम दायाँतर्पm ३३ हजार ७ सय ६६ हेक्टर एवम् राप्ती पूर्व बायाँतर्पm ९ हजार हेक्टर गरी ४२ हजार ७ सय ६६ हेक्टर कृषियोग्य भूमिमा सिँचाइ सुविधा पुर्याउने लक्ष्य रहेको छ । आयोजना प्रमुुख कृष्णप्रसाद नेपालले समय–समयमा आउने व्यवधानका कारण कामले गति लिन नसकेको बताए ।
आयोजनाको लागत २५ अर्ब २ करोड रुपैयाँ रहेको छ । लोकान्तरसँगको कुुराकानीमा प्रमुख नेपालले भने, ‘अहिले कामले गति लिएको छ तर तोकिएको मितिमा काम सकिँदैन । अझै ५ वर्ष समय थप्नुुपर्ने म देख्छुु ।’ हेडवर्क्स गेट निर्माण सम्पन्न भएको र दायाँ मूल नहरको ९८ प्रतिशत निर्माण सम्पन्न भएको छ । पूर्वी मूल नहरको निर्माण कार्य शुरू हुनुका साथै सिधनिया शाखा नहरको ८० प्रतिशत निर्माण सम्पन्न भएको छ । डुण्डुवा शाखा नहरको करीब १० प्रतिशत निर्माण कार्यसम्पन्न भएको छ ।
आयोजनाको समग्रमा आर्थिक वर्ष २०७४/७५ भौतिक प्रगति ६० प्रतिशत भएको नेपालले जानकारी दिए । ठेक्का व्यवस्थापनमा कमजोरी रहेको, माटोको प्रतिकूलता, ड्रेनेज व्यवस्थापनमा समस्या देखिएको छ ।
वन क्षेत्र तथा बाँके राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र नदीजन्य निर्माण सामग्री गिट्टी, ढुंगा, वालुवाको आपूर्तिमा बन्देज लगाएको र जिल्ला समन्वय समितिबाट यथेष्ट मात्रामा ठेक्का व्यवस्थापन हुन नसकेको नेपाल बताउँछन् ।
बबई सिँचाइ आयोजना
बर्दिया जिल्लाको ३६ हजार हेक्टर खेतीयोग्य जमिनमा सिँचाइ पुर्याउने उद्देश्यले २०४५/०४६ मा शुरू भई आर्थिक वर्ष २०६९/०७० मा सम्पन्न गर्ने लक्ष्य रहेपनि समयमा काम सम्पन्न हुन सकेको छैन । आयोजनाको गति कछुुवाजस्तै छ ।
आयोजनाको म्याद २०७८/७९ सम्मलाई थप गरिएको छ । २ अर्ब ७८ करोड रूपैयाँ लागतमा निर्माण सम्पन्न गर्ने लक्ष्य रहेपनि अहिले आयोजनाको लागत १८ अर्ब ९६ करोड रुपैयाँ छ । आयोजनाको हालसम्म काम ६० प्रतिशत सम्पन्न भएको आयोजनाका प्रमुुख कुुञ्जन श्रेष्ठले बताए । ६० प्रतिशत मात्र काम भएको छ ।
आयोजना अवधिभरमा कूल ७७ किलोमिटर नहर निर्माण गर्ने लक्ष्य रहेकोमा हालसम्म आयोजनाको करीब ५५ किलोमिटर निर्माण भएको र नहर रिमोडलिङ्ग कार्यको ६० प्रतिशत सम्पन्न भएको छ ।
‘बाढीबाट क्षतिग्रस्त क्षेत्र तथा संरचना तटबन्ध पुनर्निर्माणको १४ किलोमिटरमध्ये करीब १० किलोमिटर सम्पन्न भएको छ । आयोजनाको समष्टिगत भौतिक प्रगति ५९.५ प्रतिशत र वित्तीय प्रगति ४७.२ प्रतिशत रहेको छ । नहर निर्माण, सर्भिस सडक निर्माण, नहर सञ्चालन, जलमापन गेज निर्माण र डाइभर्सन निर्माण कार्य भइरहेको छ,’ उनले भने ।
लुम्बिनी गुरूयोजना
लुम्बिनी गुरुयोजना अनुसार भगवान् गौतम बुद्धको पवित्र जन्मस्थललाई बौद्धमार्गी एवम् शान्तिप्रेमी जनसमुदायको अन्तर्राष्ट्रिय केन्द्रको रुपमा विकास निर्माण गर्ने लक्ष्य कोषले राखेको छ । विक्रम संवत् २०४२ देखि नै गुरुयोजनाको काम शुरू भएको भएपनि हालसम्म सक्ने भन्ने विषयमा हालसम्म टुंगो लाग्न सकेको छैन । आयोजनाको शुरू लागत अनुमान ५ अर्ब ५० करोड रहेकोमा संशोधित लागत अनुमान ६ अर्ब १० करोड रहेको छ । लुुम्बिनी विकास कोषका निमित्त सदस्य सचिव सरोज भट्टराईले आर्थिक वर्ष २०७४/७५ को वार्षिक भौतिक तथा वित्तीय प्रगति लुम्बिनी गुरुयोजना अनुसारका कार्य क्रमागत रुपमा भइरहेका छन् । आर्थिक वर्ष २०७४/७५ मा कोषको भौतिक प्रगति ८० प्रतिशत काम भएको जनाइएको छ ।
आयोजनाको समष्टिगत भौतिक तथा वित्तीय प्रगति करीब ५ हजार तीर्थयात्री अटाउने अस्थायी हलको निर्माण कार्य सम्पन्न भएको छ ।
कुदान क्षेत्रमा पर्यटन सूचना केन्द्र, तिलौराकोट रामग्राम लगायतका क्षेत्रमा राष्ट्रिय गौरवका आयोजनाहरुको संक्षिप्त परिचय शौचालय र विश्रामस्थल निर्माण कार्यका लागि बोलपत्रसम्बन्धी कार्य भइरहेको छ । प्रोफेसर केन्जो टाँगेबाट तयार भएको गुरुयोजना सम्बन्धी कार्यहरू भइरहेको छ ।
लुम्बिनी अन्तर्गत देवदहमा सूचना केन्द्र तथा कार्यालय, कुदानमा प्रार्थनास्थल, ध्यान सेड निर्माण कार्य शुरू भएको छ । मायादेवी मन्दिर वरिपरि बगैचा निर्माण कार्य सम्पन्न भएको छ ।
कोष क्षेत्रमा रहेका वनजंगल रेखदेख र बोधिवृक्षको संरक्षण कार्य भएको छ । दरबन्दी अनुसार पदपूर्ति हुन नसकेकाले जनशक्ति अभाव हुनु र अन्तर्राष्ट्रिय प्रतिवद्धता अनुरुप स्रोत प्राप्त नहुनु समस्याको रुपमा रहेका छन् ।
गौतमबुुद्ध अन्तर्राष्ट्रिय विमानस्थल
रुपन्देहीको भैरहवामा निर्माणाधीन गौतमबुुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणको कामले अलि गति लिएको छ । सन् २०१९ भित्रै अन्तर्राष्ट्रिय उडान भर्ने गरी काम भइरहेको आयोजना प्रमुुख प्रवेश अधिकारीले बताए ।
हालसम्म विमानस्थल निर्माणको ७५ प्रतिशत काम सम्पन्न भइसकेको छ । सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै सोही वर्षको पहिलो महिनाभित्रै अन्तर्राष्ट्रिय उडान भर्ने अधिकारीले बताए ।

प्रदेश सरकारले पनि लुुम्बिनी भ्रमण वर्ष घोषणा गरेको छ । त्यसैले विमानस्थल छिटो सम्पन्न भए लुम्बिनी आउने पर्यटन बढ्ने प्रदेश सरकारको अपेक्षा छ ।
विमान पार्किङस्थल (एप्रोन) को काम पूरा भइसकेको छ । ६ अर्ब २२ करोड ५१ लाख २० हजार २ सय २७ रुपैयाँ लगानीमा निर्माणाधीन विमानस्थलमा एसियाली विकास बैंक (एडीबी) को ४० दशमलव ५ प्रतिशत ऋण तथा १८ प्रतिशत अनुदान रहेको छ । लुम्बिनीमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने सबै जहाज अवतरण गर्न सक्छन् । विमानस्थलको दीर्घकालीन लक्ष्य दैनिक १६ हजार यात्रुलाई सेवा दिने रहेको छ । दैनिक १६ हजारका दरले वार्षिक करीब ६० लाख यात्रु विमानस्थल भएर यात्रा गर्ने सरकारी आकलन छ ।