×

NMB BANK
NIC ASIA

विकासमा बिजोग

राष्ट्रिय गौरवका आयोजनामा ‘कछुुवा’ गति : गौरव होइन, हीनता बढाउने पारा !

असार ४, २०७६

NTC
Premier Steels

बुटवल – ५ नम्बर प्रदेशमा ४ वटा राष्ट्रिय गौरवका आयोजना निर्माणाधीन छन् ।

Muktinath Bank

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवा (रुपन्देही), लुम्बिनी विकास कोष (रुपन्देही), सिक्टा सिँचाइ आयोजना (बाँके) र बबई सिँचाइ आयोजना (बर्दिया) प्रदेशमा ४० वर्ष अगाडिदेखि शुरू भएका आयोजना हुन् तर हालसम्म पनि पूूरा हुन सकेका छैनन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

समग्रमा आयोजनाको गति ६० प्रतिशत मात्र देखिन्छ । यी आयोजना चाँडै पूूरा हुुने छाँटकाँट छैन । प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले सपथ लिँदा समेत राष्ट्रिय गौरवका आयोजना छिट्टो सम्पन्न गर्न निर्देशन दिने बताएका थिए । प्रदेशमा सञ्चालित राष्ट्रिय गौरवका आयोजनाको गति कस्तो छ ?


Advertisment
Nabil box
Kumari

सिक्टा सिँचाइ आयोजना 

Vianet communication

२०६१ सालमा शुरू गरिएको आयोजना २०७१/०७२ भित्र सम्पन्न गर्ने लक्ष्य लिएपनि सम्पन्न हुन नसकेकाले २०७६/०७७ सम्म म्याद थप गरिएको छ । अगैयास्थित राप्ती नदीमा बाँध निर्माण गरी राप्ती पश्चिम दायाँतर्पm ३३ हजार ७ सय ६६ हेक्टर एवम् राप्ती पूर्व बायाँतर्पm ९ हजार हेक्टर गरी ४२ हजार ७ सय ६६ हेक्टर कृषियोग्य भूमिमा सिँचाइ सुविधा पुर्‍याउने लक्ष्य रहेको छ । आयोजना प्रमुुख कृष्णप्रसाद नेपालले समय–समयमा आउने व्यवधानका कारण कामले गति लिन नसकेको बताए । 

आयोजनाको लागत २५ अर्ब २ करोड रुपैयाँ रहेको छ । लोकान्तरसँगको कुुराकानीमा प्रमुख नेपालले भने, ‘अहिले कामले गति लिएको छ तर तोकिएको मितिमा काम सकिँदैन । अझै ५ वर्ष समय थप्नुुपर्ने म देख्छुु ।’ हेडवर्क्स गेट निर्माण सम्पन्न भएको र दायाँ मूल नहरको ९८ प्रतिशत निर्माण सम्पन्न भएको छ । पूर्वी मूल नहरको निर्माण कार्य शुरू हुनुका साथै सिधनिया शाखा नहरको ८० प्रतिशत निर्माण सम्पन्न भएको छ । डुण्डुवा शाखा नहरको करीब १० प्रतिशत निर्माण कार्यसम्पन्न भएको छ ।

आयोजनाको समग्रमा आर्थिक वर्ष २०७४/७५ भौतिक प्रगति ६० प्रतिशत भएको नेपालले जानकारी दिए । ठेक्का व्यवस्थापनमा कमजोरी रहेको, माटोको प्रतिकूलता, ड्रेनेज व्यवस्थापनमा समस्या देखिएको छ ।

वन क्षेत्र तथा बाँके राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र नदीजन्य निर्माण सामग्री गिट्टी, ढुंगा, वालुवाको आपूर्तिमा बन्देज लगाएको र जिल्ला समन्वय समितिबाट यथेष्ट मात्रामा ठेक्का व्यवस्थापन हुन नसकेको नेपाल बताउँछन् ।

बबई सिँचाइ आयोजना 

बर्दिया जिल्लाको ३६ हजार हेक्टर खेतीयोग्य जमिनमा सिँचाइ पुर्‍याउने उद्देश्यले २०४५/०४६ मा शुरू भई आर्थिक वर्ष २०६९/०७० मा सम्पन्न गर्ने लक्ष्य रहेपनि समयमा काम सम्पन्न हुन सकेको छैन । आयोजनाको गति कछुुवाजस्तै छ ।

आयोजनाको म्याद २०७८/७९ सम्मलाई थप गरिएको छ । २ अर्ब ७८ करोड रूपैयाँ लागतमा निर्माण सम्पन्न गर्ने लक्ष्य रहेपनि अहिले आयोजनाको लागत १८ अर्ब ९६ करोड रुपैयाँ छ । आयोजनाको हालसम्म काम ६० प्रतिशत सम्पन्न भएको आयोजनाका प्रमुुख कुुञ्जन श्रेष्ठले बताए । ६० प्रतिशत मात्र काम भएको छ ।

आयोजना अवधिभरमा कूल ७७ किलोमिटर नहर निर्माण गर्ने लक्ष्य रहेकोमा हालसम्म आयोजनाको करीब ५५ किलोमिटर निर्माण भएको र नहर रिमोडलिङ्ग कार्यको ६० प्रतिशत सम्पन्न भएको छ ।

‘बाढीबाट क्षतिग्रस्त क्षेत्र तथा संरचना तटबन्ध पुनर्निर्माणको १४ किलोमिटरमध्ये करीब १० किलोमिटर सम्पन्न भएको छ । आयोजनाको समष्टिगत भौतिक प्रगति ५९.५ प्रतिशत र वित्तीय प्रगति ४७.२ प्रतिशत रहेको छ । नहर निर्माण, सर्भिस सडक निर्माण, नहर सञ्चालन, जलमापन गेज निर्माण र डाइभर्सन निर्माण कार्य भइरहेको छ,’ उनले भने ।

लुम्बिनी गुरूयोजना

लुम्बिनी गुरुयोजना अनुसार भगवान् गौतम बुद्धको पवित्र जन्मस्थललाई बौद्धमार्गी एवम् शान्तिप्रेमी जनसमुदायको अन्तर्राष्ट्रिय केन्द्रको रुपमा विकास निर्माण गर्ने लक्ष्य कोषले राखेको छ । विक्रम संवत् २०४२ देखि नै गुरुयोजनाको काम शुरू भएको भएपनि हालसम्म सक्ने भन्ने विषयमा हालसम्म टुंगो लाग्न सकेको छैन । आयोजनाको शुरू लागत अनुमान ५ अर्ब ५० करोड रहेकोमा संशोधित लागत अनुमान ६ अर्ब १० करोड रहेको छ । लुुम्बिनी विकास कोषका निमित्त सदस्य सचिव सरोज भट्टराईले आर्थिक वर्ष २०७४/७५ को वार्षिक भौतिक तथा वित्तीय प्रगति लुम्बिनी गुरुयोजना अनुसारका कार्य क्रमागत रुपमा भइरहेका छन् । आर्थिक वर्ष २०७४/७५ मा कोषको भौतिक प्रगति ८० प्रतिशत काम भएको जनाइएको छ ।

आयोजनाको समष्टिगत भौतिक तथा वित्तीय प्रगति करीब ५ हजार तीर्थयात्री अटाउने अस्थायी हलको निर्माण कार्य सम्पन्न भएको छ ।

कुदान क्षेत्रमा पर्यटन सूचना केन्द्र, तिलौराकोट रामग्राम लगायतका क्षेत्रमा राष्ट्रिय गौरवका आयोजनाहरुको संक्षिप्त परिचय शौचालय र विश्रामस्थल निर्माण कार्यका लागि बोलपत्रसम्बन्धी कार्य भइरहेको छ । प्रोफेसर केन्जो टाँगेबाट तयार भएको गुरुयोजना सम्बन्धी कार्यहरू भइरहेको छ ।

लुम्बिनी अन्तर्गत देवदहमा सूचना केन्द्र तथा कार्यालय, कुदानमा प्रार्थनास्थल, ध्यान सेड निर्माण कार्य शुरू भएको छ । मायादेवी मन्दिर वरिपरि बगैचा निर्माण कार्य सम्पन्न भएको छ । 

कोष क्षेत्रमा रहेका वनजंगल रेखदेख र बोधिवृक्षको संरक्षण कार्य भएको छ । दरबन्दी अनुसार पदपूर्ति हुन नसकेकाले जनशक्ति अभाव हुनु र अन्तर्राष्ट्रिय प्रतिवद्धता अनुरुप स्रोत प्राप्त नहुनु समस्याको रुपमा रहेका छन् ।

गौतमबुुद्ध अन्तर्राष्ट्रिय विमानस्थल 

रुपन्देहीको भैरहवामा निर्माणाधीन गौतमबुुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणको कामले अलि गति लिएको छ । सन् २०१९ भित्रै अन्तर्राष्ट्रिय उडान भर्ने गरी काम भइरहेको आयोजना प्रमुुख प्रवेश अधिकारीले बताए ।

हालसम्म विमानस्थल निर्माणको ७५ प्रतिशत काम सम्पन्न भइसकेको छ । सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै सोही वर्षको पहिलो महिनाभित्रै अन्तर्राष्ट्रिय उडान भर्ने अधिकारीले बताए ।

प्रदेश सरकारले पनि लुुम्बिनी भ्रमण वर्ष घोषणा गरेको छ । त्यसैले विमानस्थल छिटो सम्पन्न भए लुम्बिनी आउने पर्यटन बढ्ने प्रदेश सरकारको अपेक्षा छ ।

विमान पार्किङस्थल (एप्रोन) को काम पूरा भइसकेको छ । ६ अर्ब २२ करोड ५१ लाख २० हजार २ सय २७ रुपैयाँ लगानीमा निर्माणाधीन विमानस्थलमा एसियाली विकास बैंक (एडीबी) को ४० दशमलव ५ प्रतिशत ऋण तथा १८ प्रतिशत अनुदान रहेको छ । लुम्बिनीमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने सबै जहाज अवतरण गर्न सक्छन् । विमानस्थलको दीर्घकालीन लक्ष्य दैनिक १६ हजार यात्रुलाई सेवा दिने रहेको छ । दैनिक १६ हजारका दरले वार्षिक करीब ६० लाख यात्रु विमानस्थल भएर यात्रा गर्ने सरकारी आकलन छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २०, २०८०

नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम)का प्रिन्सिपल रामकैलाश बिछाको स्नातकोत्तरको शैक्षिक प्रमाणपत्र नक्कली रहेको आरोप त्यहाँ कार्यरत शिक्षकहरूले लगाएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्...

माघ २४, २०८०

काठमाडौं महानगरपालिका वडा नम्बर– ३ बाँसबारीमा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रनजिकै सञ्चालनमा छ, द चाँदबाग स्कूल । विनोद चौधरी नेतृत्वको सीजी ग्रुपअन्तर्गत सीजी एजुकेसनले सञ्चालन गरेको उक्त स्कू...

फागुन ४, २०८०

बाँसबारी छालाजुत्ता कारखानाको जग्गा हडपेको आरोप लागेका नेपाली कांग्रेसका सांसद तथा डलर अर्बपति विनोद चौधरी केही दिनअघि भारत हानिए । ५ दिनअगाडि उनले भारतका केन्द्रीय जलशक्ति मन्त्री गजेन्द्र सिंह शेखावतसँग ...

पुस २०, २०८०

मकवानपुरको साबिक हर्नामाडी गाविसका रुद्रप्रसाद खतिवडाले २०८० साल कात्तिक २३ गते यातायात कार्यालय चितवनबाट 'ए' र 'बी' वर्ग (मोटरसाइकल, स्कूटर कार, जीप, भ्यान)को लाइसेन्स नवीकरण गराएका छन्...

चैत ७, २०८०

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण अनियमितता प्रकरणमा समेत अर्थमन्त्री वर्षमान पुनको भूमिका शंकास्पद देखिएको छ । २०६८ सालमा अर्थमन्त्री रहेका बेला पुनले प्रचलित कानून, विधि र मापदण्डविपरीत विमानस्थल ...

मंसिर १८, २०८०

प्रत्येक भाषणमा पारदर्शिता र सुशासनको गफ लगाउने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो सचिवालयलाई निकै जम्बो बनाएको पाइएको छ । परिवारका सदस्यदेखि आफूनिकटका व्यक्ति समेत झन्डै ३ दर्जन बढीलाई निय...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x