मंसिर २५, २०८०
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो । दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...
असोज २८, २०७६
काठमाडौँ - भारतको बैंगलुरुमा सोमवार बसेको नेपाल-भारत उर्जा सहसचिवस्तरीय संयुक्त कार्यदलको बैठकमा नेपालले ४०० केभीको अन्तरदेशीय प्रसारण लाइनको निर्माण गर्ने विषय उठाएको छ ।
नेपालले गरेको प्रस्तावलाई भारतीय पक्षले सकारात्मक रूपमा लिएको बैठकमा सहभागी उर्जा मन्त्रालयका इन्जिनीयर संजिव रायले लोकान्तरलाई बताए । बैठकमा ९ बुँदे एजेण्डामाथि छलफल भएको थियो ।
मंगलवार सचिवस्तरीय संयुक्त संचालन समितिले एजेण्डाहरूमा छलफल गरेर ठोस निष्कर्ष निकाल्नेछ ।
बैठकमा पहिलो एजेण्डाको रूपमा हाल २ सय २० केभीमा संचालन भइरहेको मुजफ्फरपुर-ढल्केबर प्रसारण लाइनको क्षमता बढाएर ४ सय केभीमा पुर्याउने विषयमा छलफल भएको थियो ।
यसबाहेक छलफलमा कटैया हुँदै कुशाहा र रक्सौल हुँदै परवानीपुरमा नयाँ १ सय ३२ केभीको नयाँ प्रसारण लाइन थप्ने, बुटवल-गोरखपुरको ४ सय केभीको प्रसारण लाइनको समीक्षा र टनकपुर प्रसारण लाइनको क्षमता बढाउने विषय पनि उठेको रायले जानकारी दिए ।
छलफलमा नेपाली पक्षले राखेका प्रस्तावहरूप्रति भारतीय पक्ष सकारात्मक देखिएको छ । नेपाल-भारतबीच हुने उर्जा व्यापारलाई थप व्यवस्थित बनाउने र भविष्यमा नेपालबाट भारतले उर्जा खरिद गर्न सक्नेबारे पनि बैठकमा छलफल भएको थियो । यसका लागि नेपालमा बनिरहेका मौजुदा जलविद्युत परियोजना, अरुण तेस्रोको प्रगति, र थप नयाँ प्रसारण लाइनको निर्माण बारेमा नेपाल र भारतीय पक्षबीच छलफल भएको थियो ।
बैठकमा बैठकमा वर्तमान सहकार्यको स्थितिमाथि समीक्षा, सीमामा रहेका ट्रान्समिसन लाइन निर्माण र मरम्मतका साथै उर्जा व्यापार र संचयका बारेमा छलफल भएको थियो ।
सहसचिवस्तरीय संयुक्त कार्यदलको बैठकमा नेपालका तर्फबाट उर्जा मन्त्रालयका सहसचिव प्रविणराज अर्यालले नेतृत्व गरेका थिए भने भारतका तर्फबाट उर्जा मन्त्रालयका सहसचिव एसकेजी राहतले नेतृत्व गरेका थिए ।
सचिवस्तरीय संयुक्त संचालन समितिको बैठक चाहिँ नेपालका तर्फबाट उर्जा मन्त्रालयका सचिव दिनेशकुमार घिमिरे र भारतका तर्फबाट सचिव एससी गर्गले गरेका थिए ।
२०७१ को साउनमा नेपाल भ्रमणमा आएका भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले केही दिनमा उर्जा व्यापार सम्झौता हुने घोषणा गरेका थिए । त्यसपछि कात्तिकमा सम्झौता भएको थियो ।
उक्त सम्झौतापछि नेपाल र भारत दुवैले स्वतन्त्र रूपमा उर्जाको व्यापार गर्ने पाउने बाटो खुलेको थियो । नेपालबाट निर्यात हुने उर्जामा भारतीय पक्षले कर नलगाउन सहमत भएको थियो । त्यसपछि चर्को लोडसेडिङ खेपिरहेको नेपालले भारतबाट विद्युत आयात गर्यो । तर भारत निर्यात गर्ने गरी नेपालमा विद्युत उत्पादन हुन सकेको छैन ।
सोही सम्झौता अनुसार दुवै मुलुकका उर्जा-सहसचिवस्तरीय कार्यदल बनेको थियो । प्रत्येक ६/६ महिनामा उक्त कार्यदलको बैठक बस्नुपर्ने भएपनि ५ वर्षमा जम्मा ७ पटक बैठक बसेको छ । प्रत्येक १० वर्षमा उर्जा व्यापार सम्झौता नवीकरण गर्नुपर्ने व्यवस्था सम्झौतामै उल्लेख छ ।
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो । दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...
जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...
शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए । सोमवार अपरान्ह उनको शव लिएर मलामी...
जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...
सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...
गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ । बाँचेकाहरू शोक र पीडामा छन् । ...
यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...
सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...
नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...