कात्तिक १८, २०८०
गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ । ...
सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र देखिएको राजनीतिक विवाद उत्कर्षमा पुगिरहेका बेला बिहीवार शीर्ष नेताहरू एउटै मञ्चमा देखिए ।
बाग्मती प्रदेशस्तरीय प्रशिक्षण भेलामा अध्यक्षद्वय केपी शर्मा ओली, पुष्पकमल दाहाल 'प्रचण्ड', वरिष्ठ नेता माधवकुमार नेपाल, सचिवालय सदस्य ईश्वर पोखरेललगायत नेताहरू राजधानीको एक पार्टी प्यालेसमा एउटै मञ्चमा देखिएका हुन् ।
प्रदेशस्तरीय नेता कार्यकर्ताले पार्टीमा पछिल्लो समयमा देखिएको गत्यावरोधका बारेमा शीर्ष नेताहरू बोल्ने अपेक्षा गरेका थिए ।
उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्यमा सिफारिश गर्ने पार्टीको निर्णयलाई प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले चुनौती दिएपछि पछिल्लो समयमा नेकपाको एकीकरण प्रक्रिया नै धरापमा परेको विश्लेषण गर्न थालिएको छ ।
सम्बोधनका क्रममा अध्यक्ष प्रचण्डले पार्टीलाई जुनसुकै हालतमा एकढिक्का राख्ने प्रतिबद्धता व्यक्त गरेका थिए । प्रचण्डपछि अन्तिममा बोलेका ओलीले पनि पार्टीलाई एकजुट हुन नदिन विभिन्न कसरतहरू भइरहेको टिप्पणी गरे ।
ओलीले गौतमलाई राष्ट्रिय सभामा लैजाने विषयमा केही टिप्पणी गरेनन् । बरू उनले गम्भीर सन्देश दिने खालका केही विषयवस्तुहरू माथि चर्चा गरे ।
गोकुल निर्दोष छन् !
सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा स्वीस कम्पनीका एजेन्टसँग मोलमोलाइ गरेको अडियो सामग्री सार्वजनिक भएपछि आफूमाथि प्रश्न उठेको भन्दै नैतिकताका आधारमा निवर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले राजीनामा दिए । अडियोमा उनले हाकाहाकी कमिसनका लागि १ अर्ब लागत बढाउन अनुरोध गरेका थिए ।
बाँस्कोटाको राजीनामापछि पनि उक्त प्रकरण साम्य भएन । प्रतिपक्षी दल मात्र नभएर सत्तापक्षकै कतिपय नेताहरूले थप छानबिन गरेर बाँस्कोटालाई कारवाही गर्नुपर्ने माग राखिरहे ।
तर प्रधानमन्त्री ओलीले बिहीवार भेलालाई सम्बोधन गर्दै गोकुल निर्दोष रहेको बताउन पछि परेनन् । 'के निहुँ पाउँ, कनिका बुकाउँ भनेजस्तो टेप प्रकरणलाई उछालियो,' ओलीले भने, 'केही प्रमाण छैन, त्यसको सत्यता पुष्टि भएको छैन । स्विसको प्रतिनिधि होइन, फ्रड हो भनेर एम्बेसीले भनिसकेको छ । कुनै सत्यता पुष्टि भएको छैन ।'
ओलीले आफ्नो नाममा पनि अख्तियारमा कसैले उजुरी दिएको भन्दै उक्त उजुरी भ्रष्ट उजुरी भएको बताए ।
'केक राष्ट्रवाद'
केही दिनअघि प्रधानमन्त्रीले आफ्नो जन्मभूमि तेह्रथुमको आठराईमा पुगेर भव्य तरिकाले जन्मदिन मनाएका थिए । उनले जन्मदिन मनाउँदा पार्टीको आचारसंहिता तोडेको भन्दै पार्टीभित्रबाटै व्यापक आलोचना भएको थियो ।
त्यसमाथि नेपालको नक्सा आकृतिको बर्थडे केक हेलिकप्टरमा ओसारिएको विषय अर्को आलोचनाको विषय बनेको थियो । कतिपयले केकलाई नेपालको नक्साकारको बनाएर काटिनुले गम्भीर अर्थ दिने भन्दै आपत्ति प्रकट गरे ।
तर प्रधानमन्त्री ओली आफ्नो गल्ती मान्न तयार छैनन् । भेलामा उनले भने, 'त्यहाँ बिजुली पुग्यो लेख्दैनन्, पानी पुग्यो लेख्दैनन् । तर केकमा चिन्ता ? धरैपछि आफ्नो ठाउँमा जन्मिएको प्रधानमन्त्री बनेर आउँदैछ भनेपछि त्यहाँका बासिन्दा खुशी भए, उत्सव मनाए । यसमा मेरो के दोष ?'
उनले बरू बाटो लिएर गएको, बैंकको शाखा लिएर गएको दाबी गरे । 'उनीहरू आए, त्यो दुर्गम ठाउँमा मान्छेहरूले उत्सव मनाए,' उनले भने ।
प्रधानमन्त्रीले त्यहाँ कतिपयले केक ल्याएको र आफूले छोएर पठाएको भन्दै आफ्नो देवत्वकरण आफैं गरे । जन्मदिनका दिन जनताले उत्सव मनाएको भन्दै प्रधानमन्त्रीले मन परेको चीजको आकारमा केक बनाउनु आफ्नो गल्ती नभएको स्पष्ट पारे ।
बरू प्रधानमन्त्री ओलीले केकको कुरा गर्नेहरूलाई 'केक राष्ट्रवादी'को संज्ञा दिए ।
'नाकाबन्दीका बेलामा आफैं भोकै पर्दा पनि चुइँक्क बोल्न नसक्ने, अहिले केकमा राष्ट्रवाद खोज्ने,' उनले प्रश्न गरे, 'अहिले 'केक राष्ट्रवाद' देखाउने ? यो कांग्रेसको बेकारको तमासा हो । पार्टीलाई बदनाम गर्न, सरकारलाई बदनाम गर्न नेताहरूको चरित्र हत्या हुन शुरू भइसकेको छ ।'
सरकार भ्रष्ट नभएको दाबी
प्रधानमन्त्री ओलीले सरकारमा पुग्ने सबै भ्रष्ट नहुने बताए । ओलीभन्दा अघि बोलेका अर्का अध्यक्ष प्रचण्डले कम्युनिस्ट पार्टी सत्तामा पुगेपछि भ्रष्ट हुने बताएका थिए । तर ओलीले त्यसको प्रतिवाद गरे ।
'सरकारमा गएपछि सबै भ्रष्ट हुन्छन् भन्ने हुँदैन,' उनले भने, 'कोहीकोही अपवादका रूपमा भ्रष्ट भयो भने त्यसलाई कारवाही गर्नुपर्छ । राम्राराम्रा काम कम्युनिस्टले छोटो समयमा पनि गर्न सक्छन् भनेर मनमोहन अधिकारीको पालामा पुष्टि भएको छ ।'
सरकारमा पुग्ने सबै भ्रष्टाचारी नहुने भन्दै उनले आफूलाई असल र सुशासनको हिमायती रहेको जिकिर पेश गर्न कुनै कसर बाँकी राखेनन् ।
गौतमलाई राष्ट्रिय सभामा नलैजाने आफ्नो अडानबारे मौन
पार्टीको निर्णयविपरीत उपाध्यक्ष गौतमलाई राष्ट्रिय सभामा सिफारिश गर्न नसकिने ओलीको अभिव्यक्तिले नेकपाभित्र ठूलो तरंग निम्त्याएको छ । तर बिहीवार त्यससन्दर्भमा ओली चुँइक्क बोलेनन् ।
उनले विभिन्न सन्दर्भमा पार्टीलाई एकजुट हुन नदिन चलखेल भइरहेको बताए । तर आफ्नो अडानबारे एक शब्द पनि बोलेनन् । जबकि उनीभन्दा अगाडि बोलेका कतिपयले सचिवालय एकढिक्का नभएकाले पार्टीका नेता कार्यकर्ताबीच संशय फैलिएको टिप्पणी गरेका थिए ।
पछिल्लो विवादबारे नबोलेर प्रधानमन्त्रीले आफू आफ्नो अडानमा कायमै रहेको सन्देश दिएका छन् । यता सञ्चार मन्त्रालयमा पत्रकार सम्मेलन गरेर अर्थमन्त्री युवाराज खतिवडाले २१ गते राष्ट्रिय सभा सदस्यको शपथ हुने र त्यतिबेलै भेट हुने बताएका छन ।
राष्ट्रिय सभामा राष्ट्रपतिबाट मनोनित हुने एक सीट खाली छ । त्यसमा ओलीले खतिवडालाई नै दोहोर्याउन चाहेका छन् भने सचिवालयका अन्य सदस्यले खतिवडाको ठाउँमा गौतमलाई मनोनित गर्नुपर्ने पार्टी निर्णयको बचाउ गरेका छन् ।
सञ्चार माध्यममाथि धावा
पछिल्लो समय प्रधानमन्त्रीले आफ्ना सम्बोधनहरूमा कुनै न कुनैरूपमा सञ्चारमाध्यमको आलोचना गर्ने गरेका छन् । बिहीवार पनि त्यही शैली दोहोर्याए । आफू जन्मदिन मनाउन जन्मथलो पुगेका बेलामा आफूले पुस्तौंदेखि काकाकुल बनेको पाँचथरको यासुक र रानीगाउँ पुगेर खानेपानी आयोजनाको शिलान्यास गर्दा जनता खुसी भएको उल्लेख प्रधानमन्त्रीले गरे ।
तर यसलाई पत्रकारले नदेखेको गुनासो उनको छ । ‘जनता खुशी भएको देखेर पत्रकार धुरुधुरु रोए,' उनले पत्रकारहरूमाथि टिप्पणी गरे ।
ती गाउँमा ३ हजार ३ सय ४३ घर परिवारलाई खान पुग्ने खानेपानी आयोजनाको शिलान्यास गरिएका कारण त्यहाँका जनता खुशी भएको दाबी प्रधानमन्त्री ओलीको थियो । 'त्यहाँ बिजुली पुग्यो लेख्दैनन्, पानी पुग्यो लेख्दैनन् । तर केकमा चिन्ता ?' उनले प्रश्न गरे, 'धरैपछि आफ्नो ठाउँमा जन्मिएको प्रधानमन्त्री बनेर आउँदैछ भनेपछि त्यहाँका बासिन्दा खुसी भए, उत्सव मनाए ।'
उनले आफ्नो जन्मदिनमा केक काटेको पत्रकारले देखिनसहेको आरोप लगाए । उनले स्थानीय जनताले कति रकमको भात खाए भनेर पत्रकारले हिसाबकिताब गरेको भन्दै आक्रोशसमेत पोखे ।
मिर्गौला प्रत्यारोपणको केही दिनमै काममा फर्किने जोश !
अध्यक्ष तथा प्रधानमन्त्री ओलीले आफूले केही दिनमै मिर्गौला प्रत्यारोपण गर्ने तयारी गरेको खुलासा गरे । 'अब केही दिनभित्रमा अर्को किड्नी ट्रान्सप्लान्ट गर्छु, ५ दिन हस्पिटल बस्छु, छैठौं दिनबाट काम शुरू गर्छु,' उनले यसो भनिरहँदा हलमा ताली बजेको थियो ।
रोगहरूसँग लड्ने आफ्नो जोश जाँगरमा अझै पनि ह्रास आइसकेको छैन भनेर प्रधानमन्त्रीले पुनः पुष्टि गरेका छन् । 'अहिले मान्छेले बिरामी भनिरहेका छन्, मैले १७/१८ घण्टा काम गरिरहेको छु,' उनले भने ।
केही साताअघि ओलीले नाम चलेका सञ्चार गृहका सम्पादकहरूलाई बालुवाटार बोलाएर मिर्गौला प्रत्यारोपण गर्ने तयारी चलिरहेको खुलासा गरेका थिए ।
गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ । ...
भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो । दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...
शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए । सोमवार अपरान्ह उनको शव लिएर मलामी...
जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...
‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...