×

NMB BANK
NIC ASIA

संसदीय समितिमा स्वास्थ्य सचिवले भने– 'कोरोना खोप परीक्षण नेपालमा गर्ने कि नगर्ने छलफलमै छौं'

असोज ८, २०७७

NTC
Premier Steels

सरकारले विभिन्न देशमा निर्माण भइरहेका कोरोना खोपहरूको 'क्लिनिकल ट्रायल' नेपालमा गर्ने कि नगर्ने भन्ने विषय विचाराधीन नै रहेको जनाएको छ ।

Muktinath Bank

राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बिहीवारको बैठकमा सरकारका तर्फबाट सहभागी स्वास्थ्य मन्त्रालयका सचिव लक्ष्मण अर्यालले कोरोनाविरुद्ध निर्माणाधीन खोपहरूको क्लिनिकल ट्रायल नेपालमा गर्ने कि नगर्ने भन्नेमा छलफलमै रहेको बताएका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बैठकमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिने क्रममा स्वास्थ्य सचिव अर्यालले भने– 'खोपको ट्रायल गर्न दिने किन नदिने भन्नेमा सम्माननीय प्रधानमन्त्रीज्यूसँग छलफलमै छौं । यत्तिकै ल्याएर प्रयोग गरिहाल्दा त्यसले समस्या निम्तिन पनि सक्छ । तर कुनै देशमा प्रयोग भइसकेको खोप भने ल्याउन सकिन्छ ।'


Advertisment
Nabil box
Kumari

बेलायत, अमेरिका, चीन, रुस लगायतका देशमा बनेका खोप अहिले विभिन्न देशमा क्लिनिकल ट्रायलका क्रममा छन् । तेस्रो चरणको परीक्षणमा रहेका खोपहरू नेपालमा पनि ल्याउनुपर्ने आवाज कतिपय विज्ञहरूले उठाउने गरेका छन् ।

Vianet communication

सचिव अर्यालले नेपालमा साउन १५ देखि संक्रमणको दर बढे पनि त्यसैका आधारमा संक्रमण कम्युनिटी गैसक्यो भन्न नसकिने पनि बताए ।

'साउन १५ देखि संक्रमणको दर बढेको छ । कम्युनिटीमा गएको हो कि भन्ने पनि देखिन्छ, तर सेरोप्रिभिलेन्स सर्भे नगरी भन्न सकिने अवस्था छैन,' स्वास्थ्य सचिव अर्यालले भने ।

आजको मितिसम्म आईसीयू तथा भेन्टिलेटरको अभाव नभएको दाबी उनले गरे ।

'आईसीयू बेड १६ सयबाट २७ सय पुर्‍याइएको छ, थप ४ सय बेड तयारी हुने अवस्थामा छ,' स्वास्थ्य सचिव अर्यालले भने, 'भेन्टिलेटरको संख्या १ हजार जति छ ।'

बैठकमा विज्ञका रूपमा निम्त्याइएका डा. प्रभात अधिकारीले काठमाडौंमा दिनमा १०/१५ वटा जटिल केस थपिँदा आईसीयूको हाहाकार हुने दाबी गरे ।

आफूहरूको पछिल्लो केही दिन बिरामीका लागि आईसीयू बेड खोज्नमै बितिरहेको उनको भनाइ थियो ।

उनले नेपालमा कोरोनाबाट हुने मृत्युदर कम हुनुको कारण सक्रिय उमेर समूहमा बढी संक्रमण देखिनु नै भएको बताए ।

वृद्धवृद्धा तथा दीर्घरोगीसहित जोखिम वर्गमा संक्रमण पुग्दा मृत्युदर अन्य देशकै हाराहारीमा पुग्ने उनको आशंका थियो ।

'नेपालका कोरोनाका कारण हुने मृत्युदर अहिले कम छ र पछि पनि कम हुन्छ भन्ने कुरा हास्यास्पद् हो । अहिलेदेखि नै तयारी गरिएन भने संक्रमण दीर्घरोगी र वृद्धवृद्धामा पुग्छ, अनि मृत्युदर पनि बढ्छ,' उनले भने ।

बैठकमा समिति सभापति दिलकुमारी रावल थापा 'पार्वती'ले कोरोना नियन्त्रण सरकारको मात्र नभएर नागरिकसहित सम्पूर्ण सरोकारवालाको साझा दायित्व भएको बताइन् ।

साथै उनले चाडबाड नजिकिएको अवस्थामा शहरबाट गाउँघर फर्किनेको संख्या बढ्ने र त्यसले जोखिम वर्गमा पर्ने वृद्धवृद्धा तथा दीर्घरोगीहरूमा कोरोना संक्रमण पुग्नसक्नेतर्फ सरकारको ध्यानाकर्षण गराइन् ।

त्यसक्रममा सांसदहरू खिमलाल भट्टराई, कोमल वलीलगायतले कोरोना संक्रमणसम्बन्धी विभिन्न विषयमा स्वास्थ्य सचिव अर्यालमार्फत सरकारको ध्यानाकर्षण गराएका थिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x