कात्तिक ८, २०८०
पहाडमा उखु पेलेर खुदो पकाउने समय पारेर मधेशको गर्मी छल्न राजेन्द्र काका (ठूलो भुँडी लागेकाले हामीले मोटे अंकल भन्थ्यौं) गुल्मीको पहाड घरमा आउँथे । चैत–वैशाखको समयमा कोलबाट पेल्दै गरेको उखुको रस, रसेट...
१. निषेधको राजनीति
सानो चिटिक्क परेको सुन्दर घर । घरको वरिपरि सप्तरंगी बगैँचा । चिसो झरना, अद्वितीय प्राकृतिक एवं गौरवशाली इतिहास..., अवर्णनीय परिवार थियो, त्यो ।
एकले अर्कोलाई सहयोग, सम्मान, माया, सहिष्णुता तथा एकताको थुंगाले बुनेको सह-अस्तित्वको माला साँच्चै उदाहरणीय थियो ।
छिमेकीहरू अधिकांश उक्त परिवारको प्रशंसा गरेर थाक्दैनथे । त्यो प्राकृतिक सुखोपभोग गर्न आइरहन्थे ।
कोही सहयोग गरेर जान्थे भने कोही इर्ष्या गर्दथे । परिवारबीचको एकता खल्बल्याउन खोज्दथे ।
चिसो हावाको बहाव एवं संग्लो पानीको धमिलीकरणसँगै परिवारभित्र पनि कथाहरू फेरिँदै गए । पात्रहरू बहुरूपी हुँदै गए । घरमा आगो लगाउन थाले । आपसमा तानातान र हानाहान गर्न थाले ।
सम्पत्तिको बाँडफाँडका लागि खुकुरी बोक्न थाले अनि पारिवारिक मामिलामा छिमेकीलाई गुहार्न थाले र छिमेकीका अर्ति सुन्न बाध्य भए ।
... त्यो यो घरबाट निस्कनुपर्छ, त्यसलाई पाता ठोकेर सात डाँडा कटाउनु पर्छ, त्यसलाई एक कौडी पनि अंश दिनु हुँदैन, यो सम्पत्ति मेरो हो तसर्थ सबैले मेरो आज्ञा शिरोपर गर्नुपर्छ ।
सह-अस्तित्व एवं वसुधैवकुटुम्बकम्को वातावरण धमिलिएर त्यहाँ निषेधको राजनीति शुरू भयो ।
अर्को पक्षको समाप्तिमा आफ्नो पक्षको उदय देख्ने संकीर्ण भिडन्तले परिवारभित्रका सबै सदस्यहरू थाके, गले र कमजोर भए ।
यही फूट र धमिलो पानीको फाइदा उठाएर मेलमिलाप गरिदिने निहुँमा प्वालबाट कमिला भएर छिरेका छिमेकीहरू सुन्दर बगैँचामा हात्ती भएर निस्किए तथा शेर बनेर गर्जिए ।
अहिले हस्तिनापुरको राजबाट चपरीमुनिको बासमा पुगेका ती पारिवारिक सदस्यहरू एक अर्कालाई गिज्याउँदै थपडी मारेर आत्मरति लिइरहेका छन्, बल्ल खायो त्यसले ।
२. थाहा छ ?
‘तपाईंले के काम गर्नुहुन्छ ?’
सात-आठवटा औँलामा चम्किला पत्थरसहित मोटामोटा औंठी लगाएको तथा घाँटीमा सुनको दाम्लो जत्रो सिक्री झुन्ड्याएको व्यक्तिले जवाफ दियो –‘म तास खेल्छु ।’
डा. शर्मा अक्क न बक्क परे । तैपनि संयमित भएर सोधे, ‘जागिर, व्यापार आदि केही काम गर्नुहुन्छ होला नि ?’
उसले हाँस्दै भन्यो –‘मैले तास खेल्नेबाहेक अरू केही काम गर्दिनँ ।’
डा. शर्माले सोच्न थाले, यसले पढेलेखेको पनि छैन, जागिर पनि खाँदैन, व्यवसाय पनि गर्दैन । भनेपछि यसले कसरी रवाफिलो जीवन बिताएको छ त ?
‘आम्दानीको स्रोत के होला तपाईंको ?’ खसखस लागेपछि डा. शर्माले आफ्नो छुच्चो बानी देखाइहाले ।
उसले गर्वका साथ भन्यो, ‘भाडा खान्छु, पैंसठ्ठीवटा सटरसहितका पाँचवटा घर भाडामा लगाएको छु ।’
डा. शर्माले पानी निकाल्न अझै इनार खन्ने विचार गरे– ‘राम्रो कमाउनुभएको रहेछ, कसरी छिट्टै प्रगति गर्नुभयो ?’
उसले उल्टै डा. शर्मालाई प्रश्न गर्यो– ‘हजुरलाई सी माला थाहा छ ? प्राचीन ब्रिटिस रक्सीको बोतलको मूल्य थाहा छ ? गैंडाको खाग, कस्तुरीको नाभी, ठूलो हुचिलको मूल्य थाहा छ ? यार्सागुम्बा, पाँचऔंले, कुट्कीबारे थाहा छ ? एकमुखे रुद्राक्षको मूल्य थाहा छ ? केराको युगल बुंगोमा एकमुखे रुद्राक्ष कहिले हुन्छ, थाहा छ ? चम्किने गह्रौं पत्थर चिन्नुहुन्छ ? प्राचीन छालाका सिक्काको मूल्य थाहा छ ? थाहा छ ?? थाहा छ ??’
डा.शर्माले भने – ‘थाहा छैन ।’
उसले भन्यो – ‘मलाई थाहा छ ।’
३. गाउँ र शहर
यात्राका क्रममा गुरुप्रसाद र विजयको मुग्लिनमा भेट भयो । क्याम्पसका आत्मीय सहपाठी भएपनि यसपटक करीब दश वर्षपछि मात्र उनीहरूको भेट भएको थियो ।
गुरुप्रसाद काठमाडौंबाट आफ्नो घर पहाड जान थालेका थिए भने विजय पहाडबाट आफ्नो घर काठमाडौं जान थालेका थिए ।
संयोग के मिलेको थियो भने गुरुप्रसाद विजयको जिल्लामा र विजय गुरुप्रसादको जिल्लामा नोकरी गर्दथे, तर उनीहरू एक अर्काको घरमा पुगेका थिएनन् ।
औपचारिक भलाकुसारीपछि गुरुप्रसादले मौका मिलेको बेलामा मेरो घर आउनुहोला भन्दै आप्mनो घरमा पुग्ने बाटो यस प्रकार बताए, ‘... हो, त्यो नीलगिरि हिमाल देखिने हरियो डाँडो पार गरेपछि बाटोमा ठूलो पोखरी आउँछ, पोखरीको उत्तरपट्टिको बाटो लागेपछि चिसो पानीको झरना आउँछ, त्यो झरनाबाट केही पर पुगेपछि बरपिपलको चौतारी नजिकै नीलो नदी छ । त्यहाँबाट ओह्रालो झरेपछि समतल फाँट आउँछ, डाँफे, मयूर, मृग, खरायो देखिने जंगलको पूर्वपट्टि एउटा चिटिक्क परेको गाउँ छ । पानी छ्याल्ब्याल बगेको पँधेरो माथिनेर रङ्गचिङ्गी फूल फुलेको तथा लटरम्म फल फलेको बगैँचा आउँछ, त्यही बगैँचाको बीचमा मौरीका घारहरू भएको घर मेरो हो ।’
त्यसपछि विजयले आप्mनो घरको पहिचान यसरी दिए – ‘...हो, त्यो फिल्म हलपछाडि गार्मेन्ट कारखाना छ । त्यसको पूर्वमा फोहोर जम्मा हुने कन्टेनर छ, त्यहाँबाट विक्रम टेम्पु चढेपछि ठाउँमा ओह्राल्छ । त्यहाँबाट पश्चिमपट्टि लागेपछि राँगाका टाउका, बंगुरका खुट्टा, भैँसीका आन्द्रा तथा फोहोरहरू फाल्ने चोक छ । त्यो चोकबाट अलिपर भत्केको मन्दिर छ, त्यसको छेउमा गाग्रीका लाइन देखिने धारो छ, त्यहाँबाट पूर्वपट्टिको गल्लीमा पसेपछि दुईवटा बाटा छन्, एउटा बाटोको भित्तामा फिल्मी पोष्टरहरू टाँस्ने, अश्लील कुराहरू लेख्ने गर्दछन्, अर्को बाटोको छेउमा मःम पसल छ, त्यसैको छेउमा ढल फुटेर दिसा–पिसाब तथा फोहोरको तीव्र गन्ध आउने बाटो छ, हो त्यही बाटोबाट भित्र पसेपछि फोहोरको ठूलो थुप्रोको छेउमै कुकुर नभएको तर ‘कुकुरदेखि सावधान’ लेखेको घर छ, हो मेरो घर त्यही हो ।
पहाडमा उखु पेलेर खुदो पकाउने समय पारेर मधेशको गर्मी छल्न राजेन्द्र काका (ठूलो भुँडी लागेकाले हामीले मोटे अंकल भन्थ्यौं) गुल्मीको पहाड घरमा आउँथे । चैत–वैशाखको समयमा कोलबाट पेल्दै गरेको उखुको रस, रसेट...
असोज तेस्रो साता बिहीबार, बुकीबाट गोठ औल झर्ने दिन । लाहुरेहरू आउनु र बुकीबाट गोठालाहरूको हुल गाउँमा झर्नु दशैंको रौनक हो । ‘भोलि साँझ डाँफे चराउन जाने’, सुत्ने बेला गोठमा सल्लाह भयो । घर...
लेखक एवं पत्रकार अखण्ड भण्डारीको उपन्यास ‘बोरा’ विमोचन भएको छ । अन्नपूर्ण पोस्ट दैनिकका प्रधान सम्पादक भण्डारीको ‘बोरा’ उपन्यास शुक्रवार काठमाडौंमा आयोजित कार्यक्रममा विमोचन गरिए...
वरिष्ठ पत्रकार तथा साहित्यकार आचार्य कमल रिजालद्वारा लिखित उपन्यास ‘सुकर्म’को अंग्रेजी संस्करण ‘डीप क्वेस्ट' प्रकाशित भएको छ । २०६९ सालमा नेपालीमा प्रकाशित उक्त उपन्यासको अंग्रेजी संस्करणलाई स...
गोपाललाई सानैदेखि धूमपानको लत बसेको थियो, शायद संगतको प्रभाव भनेको यही हुनुपर्छ । घरमा बाबुदाजुहरू हुक्का तान्थे । त्यति बेलाको चलन के भने सबैभन्दा सानोले तमाखु भर्नुपर्ने । त्यतिसम्म त ठीकै थियो, सल्काएर समे...
गुणराज ढकाल सामाजिक सञ्जालमा अभ्यस्त हुन थालेपछि अध्ययन गर्ने बानी निकै घटेको छ । सामाजिक सञ्जालमा आउने टिप्पणीबाटै हामीले आफ्नो दृष्टिकोण बनाउने गर्दछौं । विषयको गहिराइसम्म पुगेर अध्ययन तथा विश्लेषण गर...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...