महामारीका कारण रोकिएको अक्षय कुमारको ‘बेल बटम’ रिलिज हुँदै

बलिउड अभिनेता अक्षय कुमारका धेरै चलचित्र रिलिजका लागि तयार छन् । 


Advertisement

कोरोना भाइरस महामारीका बेला भएको लकडाउनले उनका धेरै चलचित्र रिलिज मितिको पर्खाइमा छन् । त्यसमध्ये ‘बेल बटम’ पनि एउटा हो । 


Advertisement

यो चलचित्रको रिलिज चाँडै घोषणा गर्ने सम्भावना छ । सम्भवतः २७ जुलाईमा रिलिज हुनेछ ।

यो चलचित्र सिनेमाघरमा थ्रीडीमा रिलिज हुने छ । 


Advertisement

यो चलचित्रको निर्देशन रञ्जीत तिवारीले गरेका हुन् भने निर्माता निखिल आडवाणी हुन् । 

स्रोतका अनुसार सिनेमााघरमा धेरै दर्शक तान्नका लागि चलचित्रलाई थ्रीडी भर्सनमा रिलिज गरिने भएको हो । 

यसअघि यो चलचित्र २०२१ अप्रिल २ मा रिलिज गर्ने तयारी गरिएको थियो । तर, महामारीका कारण रिलिज रोकिएको थियो । 

अक्षय कुमारले चलचित्रको टिजर शेयर गर्दै लेखेका छन्, ‘मलाई थाहा छ कि तपाईंहरू ‘बेल बटम’को पर्खाइमा हुनुहुन्छ । चलचित्र २७ जुलाईमा रिलिज हुनेछ ।’

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्