×

X
Nic Asia
Dabur
Prabhu Bank
Khukuri

मिक्लुङ वनका तत्कालीन अध्यक्ष लावतीसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडाैं | जेठ ११, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
TVS INSIDE

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मोरङको मिक्लुङ सामुदायिक वन उपभोक्ता समितिका तत्कालीन अध्यक्ष सन्तोषकुमार लावतीसहित ५ जना पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ ।

yONNEX
LAxmi BAnk
nabil BANK inside

वनको रकम हिनामिना गरिएको भन्दै लावतीविरुद्ध ९ लाख ७७ हजार ३४९ रूपैयाँ बिगो कायम गरी विशेष अदालत काठमाडाैंमा मुद्दा दर्ता गरिएको हो ।


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

समितिका तत्कालीन सचिव देवन्द्र कार्कीविरुद्ध ८ लाख १६ हजार ७४९ रुपैयाँ, तत्कालीन कोषाध्यक्ष भीमा लम्साल ढकालविरुद्ध ७ लाख २ हजार ३४९ रुपैयाँ बिगो कायम गरी मुद्दा दर्ता गरिएको छ ।

त्यस्तै तत्कालीन आपूर्ति संयोजक रामप्रसाद पौडेलविरुद्ध ३ लाख ८४ हजार १४९ रुपैयाँ र लेखापरीक्षक चन्द्रबहादुर बस्नेतविरुद्ध पनि मुद्दा दर्ता गरिएको छ । 


Advertisment
cg elex island
Saurya island

वन उपभोक्ता समूहका तत्कालीन पदाधिकारीहरू र लेखापरीक्षकको मिलेमतोमा सामुदायिक वनरुपी संस्थालाई नोक्सानी र आफूलाई फाइदा पुग्ने गरी काम गरिएको अभियोगपत्रमा उल्लेख छ । 

प्रचलित कानूनविपरीत फर्जी बिल भरपाई पेश गरी वन कार्यालयको कुनै पनि निकायहरूसँग समन्वय एवं पत्राचार तथा निर्देशन नलिई आफूखुशी मूल्य अवमूल्यन गर्ने, काठ नि:शुल्क बाँड्ने तथा सालको काठलाई कूकाठ वा दाउराको रुपमा मूल्याङ्‍कन गर्ने काम गरिएको अभियोगपत्रमा उल्लेख छ ।

Vianet communication
IME BANK INNEWS

परिमाण घटाई बिक्री वितरण गर्ने जस्ता वन पैदावार संकलन तथा बिक्री वितरण निर्देशिका, २०७३ विपरीतका कार्य गरी संस्थामा आम्दानी नदेखाई रकम हिनामिना गरेको पुष्टि हुन आएको अख्तियारका प्रवक्ता श्याम प्रसाद भण्डारीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

hAMROPATRO BELOW NEWS
Maruti inside
NLIC
TATA Below
माघ ११, २०७९

सर्वोच्च अदालतले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको नागरिकता सम्बन्धी मुद्दामा बुधवार अन्तिम सुनुवाइ गर्ने भएको छ । कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीश ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टर...

माघ १३, २०७९

सर्वोच्च अदालतको फैसलासँगै राष्ट्रिय स्वतन्त्र पार्टीका ‘सभापति’ रवि लामिछाने नागरिकताविहीन भएका छन् ।  सर्वोच्च अदालतले उनले निर्वाचनका समयमा प्रयोग गरेको नागरिकतालाई मान्यता नदिएपछि उनी अना...

माघ १२, २०७९

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका कर्मचारी १ लाख ५० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् ।  झापाको दमक घर भई भक्तपुरको बालकोट बस्ने विभागका इन्जिनियर (आठौँ तह)   योगेन्द्र ढुङ्गेललाई बिहीबार सा...

माघ १३, २०७९

सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले प्रयोग गर्दै आएको नागरिकता प्रमाणपत्र अवैध रहेको ठहर गरेको छ । यससँगै उनको सांसद पद गएको छ । नेपाली नागरिक नरहेको...

माघ १२, २०७९

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य अनुसन्धान अधिकृत योगेन्द्र ढुंगेल पक्राउ परेका छन् ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले बिहीबार साँझ १ लाख ५० हजार रूपैयाँ घुससहित उनलाई रंगेहात पक्राउ...

माघ १३, २०७९

सर्वोच्च अदालतमा परेको उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नागरिकताबारेको मुद्दाको सुनुवाइ शुक्रबार पनि हुँदैछ । माघ ११ गते लामिछानेको मुद्दा हेर्दाहेर्दैमा राखेर शुक्रबारका लागि तय गरिएको थियो ।  ...

डा. केआई सिंहको बर्खास्तगी, प्रचण्डको ‘नायकत्व’ र प्रेमप्रसादहरूको आत्मदाह !

डा. केआई सिंहको बर्खास्तगी, प्रचण्डको ‘नायकत्व’ र प्रेमप्रसादहरूको आत्मदाह !

माघ १५, २०७९

डा. इन्द्रजित सिंह कुँवर अर्थात डा. के.आई. सिंहले २०१४ साउन ११ गते प्रधानमन्त्री पदको शपथ लिए । आफूले एक रुपैयाँ पनि तलमाथि नगर्ने र अरूलाई पनि गर्न नदिने प्रतिबद्धतासहित प्रधानमन्त्री भएका उनले गोप्यरूपमा भ्रष्टा...

हिटलरको बर्बरता र होलोकास्ट : सम्झनामा मानव इतिहासको त्यो त्रासदी

हिटलरको बर्बरता र होलोकास्ट : सम्झनामा मानव इतिहासको त्यो त्रासदी

माघ १३, २०७९

मानव सभ्यताको इतिहासबाट युद्ध निकालिदिने हो भने त्यो पूर्ण हुने छैन । परापूर्वकालदेखि अहिलेसम्म पनि विभिन्न परिणामका युद्धहरू भइरहेका छन् । एकाथरि विद्वानहरू मानव विकासको प्रमुख आधार नै संघर्ष वा युद्ध हो भन्ने ...

जयमुकुन्द खनालको नजिर– सूचनाको ‘कालो कारोबार’ र गोपनीयताको शपथ

जयमुकुन्द खनालको नजिर– सूचनाको ‘कालो कारोबार’ र गोपनीयताको शपथ

माघ ८, २०७९

जयमुकुन्द खनाल—नेपालको प्रशासनिक क्षेत्रको त्यस्तो नाम हो, जो कहिल्यै विवादमा परेन, कुनै 'स्क्यान्डल' मच्चाएन । प्रचारमा आउन पटक्कै मन नपराउने र आफ्नै पाराले मिहीनरूपमा काम गर्ने खनाल कृषि तथा पशुपन्...

ad
x