कात्तिक १८, २०८०
गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ । ...
साउन ३, २०७९
सत्तारुढ दलनिकट विद्यार्थी संगठनहरूले गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग गर्दै आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् । राष्ट्र बैंकका गभर्नर अधिकारी नेकपा एमालेको वित्त तथा योजना आयोगको सदस्यको भएको दाबी गर्दै विद्यार्थीहरूले आन्दोलनको घोषणा गरेका हुन् ।
राजनीतिक दलको सदस्य राज्यको महत्वपूर्ण जिम्मेवारीमा रहन नमिल्ने कानूनी व्यवस्था रहेको भन्दै नेपाल विद्यार्थी संघ, अनेरास्ववियु (क्रान्तिकारी), अनेरास्ववियूले विज्ञप्तिमार्फत आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् ।
विद्यार्थी संगठनहरूले प्रधानमन्त्री र सभामुखलाई ज्ञापनपत्र बुझाउने, नेपाल राष्ट्र बैंकका सबै कार्यालयमा कालो ब्यानर राख्ने, अन्तरक्रिया गर्नेलगायतका कार्यक्रम घोषणा गरेका छन् ।
विज्ञप्तिमा गभर्नर अधिकारीले नेपाल राष्ट्र बैंक ऐन २०५८ व्यवस्थाविपरीत गभर्नरको जिम्मेवारीमा रहिरहेर कानुनी राज्यको धज्जी उडाएको उल्लेख गरिएको छ ।
‘शेयर कारोबार, क्रिप्टो करेन्सीजस्ता विभिन्न विवादमा मुछिएका उनी प्रतिपक्ष दलको सदस्यता लिएर मुलुकको अर्थतन्त्र ध्वस्त पार्न सक्रिय रहेको अहिले प्रमाणित भएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘यस्ता अनैतिक व्यक्तिबाट राजिनामाको अपेक्षा गर्नु मुर्खता हुनेछ त्यसकारण नेपाल सरकार समक्ष अवैध गभर्नर वर्खास्तीको जोडदार माग गर्दै संयुक्त विद्यार्थी संगठन निम्न संघर्षका कार्यक्रमको घोषणा गर्दछौँ ।’
यी हुन् आन्दोलनका कार्यक्रम
१. श्रावन ३ गते अवैध गभर्नर बर्खास्तीको माग गर्दै सम्माननीय प्रधानमन्त्री ज्यु र प्रतिनिधि सभाका सम्माननीय सभामुख ज्यू लाई ज्ञापनपत्र बुझाउने ।
२. श्रावण ४ गते नेपाल राष्ट्र बैंक केन्द्रीय कार्यालयसहित देशैभरिका कार्यालयहरूमा कालो ब्यानर राख्ने ।
३. श्रावण ५ गते प्रज्ञा भवन डबलीमा कार्टुन प्रदर्शन तथा अन्तरक्रिया कार्यक्रम गर्ने ।
४. श्रावण ६ गते देशैभरि क्याम्पसहरूमा आफ्नो सापेक्षतामा विरोध कार्यक्रम गर्ने ।
५. श्रावण ७ गते संघीय संसद सदस्यहरूलाई अवैध गभर्नर बर्खास्तीको माग गर्ने आवाज संसदमा उठाउन अनुरोध गर्दै प्रदर्शनी मार्ग अगाडि सडकबाट सन्देश पठाउने ।
गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ । ...
जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो । जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...
गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ । बाँचेकाहरू शोक र पीडामा छन् । ...
जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...
शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए । सोमवार अपरान्ह उनको शव लिएर मलामी...
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो । दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...