×

NMB BANK
NIC ASIA

मुम्बई शहरमा यसरी टाँसिएको छ ‘प्रेम गीत–३’ को पोष्टर [तस्वीरहरू]

साउन १७, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

नेपाली चलचित्र ‘प्रेम गीत ३’ भारत र नेपालमा एकसाथ प्रदर्शनमा आउँदैछ । असोज ७ गते अर्थात सेप्टेम्बर २३ देखि प्रदर्शनमा आउने चलचित्र हिन्दी भाषामा डब भइसकेको छ । चलचित्र नेपाल र भारतमा एउटै नामबाट प्रदर्शनमा आउँदैछ । नेपाल र भारतमा चलचित्रको प्रचारप्रसार शुरू भइसकेको छ । 

Muktinath Bank

निर्माता सन्तोष सेन, अभिनेता प्रदीप खड्का र अभिनेत्री क्रिष्टिना गुरुङ यतिबेला मुम्बईमा छन् । हिन्दी संस्करणको पोष्टर सार्वजनिक गर्न मुम्बई पुगेका उनीहरू अझै केही दिन उतै रहनेछन् । भारतका लागि चलचित्रको प्रतिलिपि लिएको कम्पनीले प्रचारप्रसार शुरू गरिसकेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मुम्बई शहरमा चलचित्रका पोष्टरहरू टाँसिएको छ । बलिउड र हलिउड चलचित्रका मात्र पोस्टर टाँसिने मुम्बईमा नेपाली चलचित्र ‘प्रेम गीत ३’को पोष्टर टाँसिदा निर्माता सेन दंग छन् । निर्माता सेनले मुम्बई शहरमा पोष्टर टाँसिएका केही तस्वीरहरू फेसबुकमा शेयर गरेका छन् । उनका अनुसार मुम्बई मात्र नभएर भारतका विभिन्न शहरमा ‘प्रेम गीत – ३’को पोष्टर टाँसिएको छ । 


Advertisment
Nabil box
Kumari

निर्माता सेनले भारतका सहरमा यसरी नेपाली चलचित्रको पोष्टर टाँसिनु आफ्नो लागि मात्र नभएर समग्र नेपालीहरूका लागि ठूलो खुशी र गौरवको कुरा भएको बताएका छन् । 

Vianet communication
Laxmi Bank

उनी भन्छन, ‘म आफ्नै चलचित्र भएर बहकिएको होइन, एउटा नेपाली चलचित्रको दर्शकको तर्फबाट सोच्दा पनि यो सामान्य पहलबाट सम्भव हुने विषय होइन । र, आम नेपालीहरूका लागि ठूलो खुशी र गौरवको कुरा हो ।’

यदि भारतीय भाषामा ‘प्रेम गीत ३’ ले राम्रो गर्न सकेको खण्डमा यसको फाइदा सबैलाई हुने सेनको भनाइ छ । उनले चलचित्रलाई खुलेर साथ दिन सबैलाई आग्रहसमेत गरेका छन् । 

हिन्दी भाषाको ‘प्रेम गीत ३’ पोस्टरलाई लिएर बलिउडकर्मीहरूबाट पाएको सकारात्मक प्रतिक्रियाबाट पनि सेन खुशी छन् । चलचित्रको लगानी भारतमा प्रतिलिपि बेच्दा नै उठिसकेको छ । 

छेतन गुरुङ र सन्तोष सेनको निर्देशन रहेको चलचित्रको प्रदीप खड्का र क्रिष्टिना गुरुङ मुख्य भूमिकामा छन् । चलचित्रमा प्रदीप र क्रिस्टिनाका साथमा शिव श्रेष्ठ, सुनिल थापा, माओत्से गुरुङ, मनिष राउत, पुस्कर कार्की, प्रेम पुरी, अनुभव रेग्मी, सन्तोष सेनलगायतको अभिनय छ । 

चलचित्रको लेखन निर्देशक छेतन र मन्दिप गौतम मिलेर गरेका हुन् । सेप्टेम्बर १ मा ‘प्रेम गीत–३’ को हिन्दी संस्करणको ट्रेलर सार्वजनिक हुँदैछ । मुम्बई शहरमा नेपाली चलचित्रको पोष्टर टाँसिएकोमा यतिबेला नेपाली चलचित्रकर्मीहरू खुशी व्यक्त गरिरहेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १३, २०८०

गायिका भूमिका गिरी र गायक प्रकाश दूतराजको सहकार्य रहेको दोस्रो गीत पनि करोड क्लबमा प्रवेश गरेको छ । उनीहरुले सहकार्य गरेको ‘देउरालीमा...’ बोलको गीतलाई युट्युबमा १ करोडभन्दा बढी पटक हेरिएको हो ।...

पुस १२, २०८०

ढुंगामाटोले बनेको घरको आँगनमा घरतर्फै फर्किएर केही मानिसहरू लाइन लागेका छन् । बार्दलीमा झुन्ड्याइएको ब्यानरमा लेखिएको छ, सक्किगोनि ।  ब्यानरको छेउमा उभिएका छन्, अर्जुन घिमिरे (पाँडे) । यो चर्चित ह...

मंसिर ११, २०८०

‘चिसो हावाले’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको छ ।  आइतवार बेलुका अकलादेवी म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गीतमा सुरज अगस्ती, लक्ष्मी खड्का र ध्रुव रेग्मीको स्वर छ ।  ...

पुस १०, २०८०

कलाकार शिशिर भण्डारीले आफ्नो हिट गीत ‘फोटो फिरिममा’ शीर्षकमा टेलिसिरियल ल्याउने भएका छन् ।  निर्माणको तयारी सुरु भइसकेको टेलिसिरियलमा उनकै कथा, पटकथा एवं संवाद लेखन रहनेछ ।  उ...

मंसिर २, २०८०

‘लुट’ र ‘टलकजंग भर्सेस टुल्के’जस्ता प्रशंसित चलचित्रका निर्देशक निश्चल बस्नेतको चलचित्र ‘दिमाग खराब’ दोस्रो सातामा प्रदर्शन भइरहेको छ । २०७३ मा ‘लुट– २’...

मंसिर १७, २०८०

गायक हेमन्त शर्मा आइतबार पाल्पाली दर्शकमाझ प्रस्तुत हुँदैछन् । माथागढी गाउँपालिकाको सराइमा जारी महोत्सवमा पुगेर उनले प्रस्तुति दिन लागेका हुन् । उनीसँगै अहिलेकी चर्चित गायिका समीक्षा अधिकारी पनि महोत्सवमा आकर्...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x