×

NIC ASIA

गुल्मी १ बाट ज्ञवाली सर्वसम्मत हुँदा २ मा गोकर्णलाई तगारो, तीन जनामध्ये कसले पाउलान् टिकट ?

भदौ १९, २०७९

Prabhu Bank
NTC
Premier Steels

गोकर्ण विष्टले चुनाव जित्दै आएको गुल्मी क्षेत्र नम्बर २ बाट मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि एमालेबाट तीन जना सिफारिसमा परेका छन् । पूर्वमन्त्री गोकर्ण विष्ट, प्रेस चौतारी नेपालका पूर्वअध्यक्ष अध्यक्ष राजेन्द्र अर्याल र एमाले प्रदेश कमिटी सदस्य शेषकान्त गौतमको नाम सिफारिस भएको हो । 

Muktinath Bank

प्रस्तावित नाम क्षेत्र नम्बर २ कमिटीले सिफारिस गरेर जिल्ला कमिटिमा पठाएको छ । प्रस्तावित नाम जिल्ला कमिटीले टुंगो लगाएर केन्द्रमा पठाउने छ । एमाले जिल्ला कमिटी सदस्य रितबहादुर थापाका अनुसार अहिले जिल्ला कमिटीमा ३ जनाको नाम आएको र त्यसलाई जिल्लाले टुंग्याएर केन्द्रमा पठाउन लागेको बताए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘अहिले जिल्ला कमिटीमा कमरेडहरूको नाम सिफारिस गर्नु भएको छ । त्यसलाई अन्तिम टुंगो लगाउन बाँकी छ’, सदस्य थापाले लोकान्तरसँग भने, ‘हामीले २२ गतेसम्म टुंगो लगाएर पठाउने तयारी गरेका छौँ ।’


Advertisment
Nabil box
Kumari

नाम सिफारिस भएकामध्ये विष्ट ३ पटक सांसद र दुई पटक मन्त्री बनिसकेका छन् । नेकपा एमालेको सचिव विष्ट गुल्मी २ बाट बलियो दाबेदार हुन् । २०५६ सालमा नेपाली कांग्रेसका त्रैलोक्यप्रताप सेनलाई हराएर विष्ट सांसद भएका थिए । 

Vianet communication

२०६४ सालको संविधान सभा निर्वाचनमा माओवादी केन्द्रका चन्द्रबहादुर ‘सागर’सँग चुनाव हारेका थिए । तर, २०७० सालको संविधान सभा चुनावमा विष्ट विजयी भए । २०७४ सालको संसदीय चुनावमा विष्ट नेपाली कांग्रेसका चन्द्रबहादुर केसीलाई पराजित गरेर सांसद भएका थिए ।

एमालेको भातृ संगठन प्रेस चौतारीका पूर्वअध्यक्ष अर्याल पहिलोपटक संसदीय चुनावमा उठ्नको लागी दौडमा छन् । अर्याल अहिले निर्वाचन क्षेत्रमा खटिएका छन् ।

उम्मेदवारको सिफारिसमा परेका शेषकान्त गौतम अहिले एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य हुन् । तर, गौतम चर्चामा आउनका लागि मात्रै नाम सिफारिस गरेको जिल्ला कमिटी सदस्यहरू बताउँछन् । अहिले सिफारिसमा परेका नेतालाई प्रदेशमा समेत व्यवस्थापन गर्नेगरी केन्द्रबाट निर्णय हुँदा विष्टले नै टिकट पाउने सम्भावना प्रवल रहेको एमाले स्रोत बताउँछ । 

विगतमा एमालेमै रहेर राजनीतिक यात्रा बलियो बनाएकी नेकपा (एस)की सांसद तथा पूर्वमन्त्री रामकुमारी झाँक्रीका कारणले एमालेबाट संघीय चुनावमा उठ्ने उम्मेदवारको टाउको दुखाइको विषय बनेको छ । 

गठबन्धनबाट साझा उम्मेदवार बन्ने आशमा झाक्री घरदैलोमा गएर आफ्नो प्रभाव बढाइरहेकी छन् । लामो समयदेखि विष्टको प्रभाव रहेको क्षेत्रमा नयाँ अनुहारको चाहना भएकाले पनि एमालेलाई झाक्री ‘थ्रेट’ देखिएको महसुस छ ।

एमालेका नेताहरू भने विगतमा गरिएको काम र विष्टको व्यक्तिगत प्रभावका कारणले पनि चुनाव जित्ने दाबी गरिरहेका छन् । भर्खरै सम्पन्न स्थानीयतहको चुनावमा एमालेको उपस्थिति कमजोर देखिएको प्रतिष्पर्धा कडा हुने अनुमान भइरहेको छ । 

पाँचदलीय गठबन्धनका कारण देशभर एमालेलाई अप्ठ्यारो परिरहेको समयमा प्रभावशाली नेताहरूको जिल्ला गुल्मीमा तीब्र प्रतिष्पर्धा हुने देखिएको छ । विष्ट र झाक्री दुबै ‘हेबी वेट’ जुधेको खण्डमा चुनाव रोचक हुने पनि देखिन्छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x