×

NMB BANK
NIC ASIA

समानुपातिक उम्मेदवारको सूची फाइनल गर्न कांग्रेस संसदीय बोर्डको बैठक

भदौ ३१, २०७९

NTC
Premier Steels

मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि समानुपातिक तर्फका उम्मेदवारको सूची बनाउन नेपाली कांग्रेस संसदीय बोर्डको बैठक शुक्रवार बस्दैछ । 

Muktinath Bank

प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो १ बजेपछि बोर्डको बैठक बस्न लागेको हो । बैठकमा समानुपातिकका लागि निर्वाचन क्षेत्रबाट आएका नामको बारेमा छलफल हुने एक नेताले जानकारी दिए । पार्टी सभापति अध्यक्ष रहेको कांग्रेसको संसदीय बोर्डमा २२ जना छन् । संसदीय बोर्डले उम्मेदवारको टिकटको निर्णय गर्ने कांग्रेस विधानमा व्यवस्था गरिएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रतिनिधि सभा र प्रदेश सभाका लागि झण्डै ७ हजारको लिष्ट आएको कांग्रेसका एक सहमहामन्त्रीले जानकारी दिए । आएका नामलाई ‘सर्ट लिष्ट’ गर्ने जिम्मा सहमहामन्त्रीहरूलाई दिइएको थियो । सूचीबाट प्रतिनिधि सभाका लागि १ सय १० र प्रदेश सभाका लागि २ सय २० जनाको नाम सिफारिस गरिने छ । 


Advertisment
Nabil box
Kumari

असोज २ गते निर्वाचन आयोगमा समानुपातिक उम्मेदवारको बन्दसूची बुझाउनु पर्ने भएकोले दलहरू सूची तयार गर्न लागेका छन् । दलहरू समानुपातिकको सूची बनाउन लागेपछि गठबन्धनमा सिट बाँडफाँटको छलफल अहिले हुन सकेको छैन । 
 

Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x