२६ जेठ २०८३, मंगलबार
निमुखाको पीडा

काठमाडौं महानगरको ज्यादती: ओभाएनन् शर्मिलाका आँखा, हातको स्टिल र छोरो सम्झेर भक्कानिइन् [भिडियो]

असोज २८, २०७९

सडकमा सानो व्यवसाय गरेर जीविका चलाइरहेका गरीब र सर्वसाधारणमाथि काठमाडौं महानगरले गरिरहेको दमन र अत्याचारले गर्दा गरीबको उठिबास लागेको छ ।

फूटपाथ खाली गर्ने नाममा महानगरले विकल्प नदिई सानो लगानीका स्वरोजगारमूलक व्यवसायीलाई बिल्लीबाठ बनाएको छ ।

महानगरको अत्याचारको चपेटामा परेकी पछिल्ली पात्र हुन्, लमजुङकी शर्मिला तामाङ ।

छोराको पालनपोषण र आफ्नै हातभित्र राखिएको स्टिलको रड झिक्नका लागि शर्मिलाले ठेलागाडामा चना–चटपटेको व्यापार गर्दै आएकी थिइन् । 

कसैले सहयोग गरेर किनेको ठेलामा सानो व्यापार गरेर उनले छोराको पालनपोषण र दैनिक गुजारा चलाउँदै आएकी थिइन् । केही वर्षअघि दुर्घटनामा परेर अपरेसन गर्दा उनको हातभित्र स्टिल राखिएको छ । 

त्यो स्टिल झिक्नुपर्ने दुई वर्षअघि नै थियो, तर रकम अभावका कारण झिक्न सकेकी छैनन् । बिहीवार काठमाडौं महानगरका सनकी नगर प्रहरीले लछारपछार गर्दै उनको ठेला खोसिदिए ।

महानगरको ज्यादतीले उनको सपना चकनाचुर भयो । महानगरले खोसेर बाँकी रहेका सामान बेच्न शुक्रवार सडकमा आएकी शर्मिलाले हिजोकै नियति भोग्नुपर्‍यो । 

बाँकी रहेका सामान पनि महानगरले खोसेर लगेपछि शर्मिला भक्कानिँदै रोइरहेकी छिन् ।

रोइकराई गर्दै छोरा च्यापेर शर्मिला बिहीवार अपराह्न महानगरको कार्यालय पुगेकी थिइन् । ठेला फिर्ता माग्दा आफ्नै आँखा अगाडि डोजर लगाएर कच्याककुचुक पारिएको गुनासो उनले गरिन् ।

छोरो काखमा लिएर आँसु पुछ्दै गरेकी शर्मिलाले भनिन्– गरीबमाथि अत्याचार गर्नेको भलो हुँदैन ।

हेर्नुहोस्, महानगरको अत्याचारमा परेकी शर्मिलाको पीडादायी कहानी :

salt training

कमेन्ट गर्नुहोस्