कात्तिक ७, २०७९
महेन्द्र सुवेदीले ३० वर्षअघि काठमाडौंमा रोजगारी खोज्ने सिलसिलामा नर्सरी पेशा अँगाले । विक्रम संवत् २०५० सालको कुरा हो । भर्खरै एसएलसी पास गरेर भोजपुरबाट काठमाडौं आएका बेला भिनाजुको भाइमार्फत नर्सरी पेशामा...
काठमाडाैं | असोज २८, २०७९
सडकमा सानो व्यवसाय गरेर जीविका चलाइरहेका गरीब र सर्वसाधारणमाथि काठमाडौं महानगरले गरिरहेको दमन र अत्याचारले गर्दा गरीबको उठिबास लागेको छ ।
फूटपाथ खाली गर्ने नाममा महानगरले विकल्प नदिई सानो लगानीका स्वरोजगारमूलक व्यवसायीलाई बिल्लीबाठ बनाएको छ ।
महानगरको अत्याचारको चपेटामा परेकी पछिल्ली पात्र हुन्, लमजुङकी शर्मिला तामाङ ।
छोराको पालनपोषण र आफ्नै हातभित्र राखिएको स्टिलको रड झिक्नका लागि शर्मिलाले ठेलागाडामा चना–चटपटेको व्यापार गर्दै आएकी थिइन् ।
कसैले सहयोग गरेर किनेको ठेलामा सानो व्यापार गरेर उनले छोराको पालनपोषण र दैनिक गुजारा चलाउँदै आएकी थिइन् । केही वर्षअघि दुर्घटनामा परेर अपरेसन गर्दा उनको हातभित्र स्टिल राखिएको छ ।
त्यो स्टिल झिक्नुपर्ने दुई वर्षअघि नै थियो, तर रकम अभावका कारण झिक्न सकेकी छैनन् । बिहीवार काठमाडौं महानगरका सनकी नगर प्रहरीले लछारपछार गर्दै उनको ठेला खोसिदिए ।
महानगरको ज्यादतीले उनको सपना चकनाचुर भयो । महानगरले खोसेर बाँकी रहेका सामान बेच्न शुक्रवार सडकमा आएकी शर्मिलाले हिजोकै नियति भोग्नुपर्यो ।
बाँकी रहेका सामान पनि महानगरले खोसेर लगेपछि शर्मिला भक्कानिँदै रोइरहेकी छिन् ।
रोइकराई गर्दै छोरा च्यापेर शर्मिला बिहीवार अपराह्न महानगरको कार्यालय पुगेकी थिइन् । ठेला फिर्ता माग्दा आफ्नै आँखा अगाडि डोजर लगाएर कच्याककुचुक पारिएको गुनासो उनले गरिन् ।
छोरो काखमा लिएर आँसु पुछ्दै गरेकी शर्मिलाले भनिन्– गरीबमाथि अत्याचार गर्नेको भलो हुँदैन ।
हेर्नुहोस्, महानगरको अत्याचारमा परेकी शर्मिलाको पीडादायी कहानी :
महेन्द्र सुवेदीले ३० वर्षअघि काठमाडौंमा रोजगारी खोज्ने सिलसिलामा नर्सरी पेशा अँगाले । विक्रम संवत् २०५० सालको कुरा हो । भर्खरै एसएलसी पास गरेर भोजपुरबाट काठमाडौं आएका बेला भिनाजुको भाइमार्फत नर्सरी पेशामा...
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले एक वर्ष ८ महिनाअघि (२०७८ वैशाख १२ मा) निकै तामझामका साथ उद्घाटन गरेको धरहरा निर्माण कार्य पूरा हुने सुरसार देखिँदैन भने सञ्चालनमा आउने मिति अनिश्चित छ । धरहराको स्तम्भ...
दशैं शुरू भइसकेपछि आएको भिसाका कारण खुशी नेपालमै छाडेर विदेशिनुपरेको पीडा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका नेपालीले पोखेका छन् । रोजगारी, अध्ययन र आफन्तसँगको भेटघाटका लागि विदेशिने नेपाली ...
साढे ६ वर्ष दक्षिण कोरियामा काम गरेर फर्किएका बुवा र त्रिभुवन विश्वविद्यालयबाट एमएससी गर्दै गरेका छोरा सँगै म्यादी प्रहरीमा भर्ना भएका छन् । आइतवारबाट शुरू भएको ४० दिने म्यादीको जागिरमा सीतापाइलाका राज...
थापाथलीको ट्राफिक जाममा रोकिएका बेला कलंकी जाने शुभकामना यातायातको एउटा मिनी बसमा मेरो नजर पर्यो । एकजना महिला ढोकामा उभिएर सानो आवाजमा त्रिपुरेश्वर, कालिमाटी, कलंकी भनेर यात्रु बोलाउँदै थिइन् । ...
७० वर्षे मञ्जु शाक्य न्युरोडको फूटपाथमा डालो राखेर मास्क, हेडफोन बेच्छिन् । दैनिक व्यापार गरेर २००–३०० रुपैयाँ जोहो गर्छिन् । सोही रकमबाट दैनिक कोठा भाडा छुट्याउँछिन् अनि बचेको रकमले खाने दाल, चामल जोहो ...
डा. इन्द्रजित सिंह कुँवर अर्थात डा. के.आई. सिंहले २०१४ साउन ११ गते प्रधानमन्त्री पदको शपथ लिए । आफूले एक रुपैयाँ पनि तलमाथि नगर्ने र अरूलाई पनि गर्न नदिने प्रतिबद्धतासहित प्रधानमन्त्री भएका उनले गोप्यरूपमा भ्रष्टा...
मानव सभ्यताको इतिहासबाट युद्ध निकालिदिने हो भने त्यो पूर्ण हुने छैन । परापूर्वकालदेखि अहिलेसम्म पनि विभिन्न परिणामका युद्धहरू भइरहेका छन् । एकाथरि विद्वानहरू मानव विकासको प्रमुख आधार नै संघर्ष वा युद्ध हो भन्ने ...
जयमुकुन्द खनाल—नेपालको प्रशासनिक क्षेत्रको त्यस्तो नाम हो, जो कहिल्यै विवादमा परेन, कुनै 'स्क्यान्डल' मच्चाएन । प्रचारमा आउन पटक्कै मन नपराउने र आफ्नै पाराले मिहीनरूपमा काम गर्ने खनाल कृषि तथा पशुपन्...