×

NIC ASIA

प्रतिनिधि सभाको बैठकमा सभामुखको पहिलो सम्बोधन

माघ ७, २०७९

Prabhu Bank
NTC
Premier Steels

प्रतिनिधिसभा निर्वाचन २०७९ पछि संसदमा नयाँ सभामुखले पहिलो पटक सम्बोधन गरेका छन्। 

Muktinath Bank

आज (माघ ७) उपसभामुख चयनका लागि हुँदै गरेको संसद् बैठकमा पहिलो पटक सभामुख भएका देवराज घिमिरेले सम्बोधन गरे।  


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

संसद्मा उनको सम्बोधन यस्तो रह्यो


Advertisment
Nabil box
Kumari

माननीय सदस्यहरु,

Vianet communication

आजको कार्यसूचीमा रहेका विषयहरुलाई अघि बढाउनु भन्दा पहिला यस गरिमामय सदनमा म आफ्ना केही भनाइहरु राख्न चाहन्छु ।

प्रतिनिधि सभाको यो बैठकमा सभामुखको हैसियतले प्रथम पटक सम्बोधन गर्ने अवसर जुटाइ दिनु भएकोमा सम्पूर्ण माननीय सदस्यहरु प्रति हार्दिक आभार र कृतज्ञताका साथै यो अवसरको लागि हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छु ।

लोकतन्त्र प्राप्ति, सामाजिक परिवर्तन, कानूनी शासन र समृद्धिको पक्षमा हालसम्म भएका आन्दोलनमा जीवन आहुती दिने सम्पूर्ण सहिदहरुको उच्च सम्मानका साथ स्मरण गर्दै उहाँहरुले देखाउनु भएको बाटोमा अविचलित क्रियाशील रहने प्रतिबद्धता व्यक्त गर्दछु । 

नेपालको संविधानले अंगीकार गरेका मुलभूत मान्यताहरुको संरक्षण, सम्बद्र्धन र विकास गर्दै संविधानवाद र कानूनको शासनप्रति प्रतिबद्ध रहेर नै हामीले अंगिकार गरेको संसदीय व्यवस्थालाई सुदृढ र सक्षम बनाउने कर्तव्य प्रति हामी सबै प्रतिबद्ध रहेको तथ्यमा विवाद हुन सक्दैन ।

नेपालको संविधानले अंगिकार गरेको जनतामा निहित सार्वभौम सत्ताको प्रयोग नेपाली जनताले आवधिक निर्वाचनको माध्यमबाट गरी यो प्रतिनिधि सभा गठन भएको छ । जनताप्रतिको उत्तरदायित्व र जवाफदेहितालाई सदैव आफ्नो पथ प्रदर्शकको रुपमा आत्मसात् गर्नु मेरो प्राथमिक दायित्व हो ।

बहुदलीय व्यवस्थामा राजनीतिक दलहरु नै संवैधानिक र संसदीय अभ्यासका असली सञ्चालक भएको हुनाले दलहरुको आपसी सद्भाव, सहमति र समन्वयमा नै संसदको गतिशीलता र क्रियाशीलता निर्भर रहन्छ । त्यसैले संसदमा उपस्थित सबै राजनीतिक दल र माननीय सदस्यहरुबाट असल संवैधानिक र संसदीय अभ्यासको अपेक्षा गर्दछु ।

सभामुखको पद तटस्थ, निश्पक्ष र समन्वयकारी हुने भएकोले यो पदको गरिमा र शाखको अभिवृद्धि गर्नु मेरो संवैधानिक दायित्व हो भन्ने कुरामा म सदैव सचेत र क्रियाशील रहने छु । संसदमा राजनीतिक दलहरुको बीचमा दार्शनिक, नीतिगत र कार्यक्रमिक प्रतिस्पर्धा हुनु यसको आधारभूत चरित्र नै हो ।

त्यसैले संसद प्रतिस्पर्धाको थलो पनि हो । संसदमा हुने नीतिगत बहस विमर्श र स्वस्थ प्रतिस्पर्धा नै संसदीय व्यवस्थाको जिवन्तता हो । त्यस्तो स्वस्थ र नीतिगत बहसलाई प्रतिनिधि सभामा उचित व्यवस्थापनका साथ प्रोत्साहित गरिनेछ भन्ने सम्वन्धमा माननीय सदस्यहरुलाई विश्वास दिलाउन चाहन्छु । 

संसदीय व्यवस्थामा सत्तापक्ष आफ्नो नीति कार्यक्रम र योजनाका माध्यमबाट जनता समक्ष पुगेको हुन्छ भने प्रतिपक्षी दलहरु सत्तापक्षको नीतिगत र कार्यक्रमिक योजनाको गुण र दोषको बारेमा सत्तापक्षलाई सचेत र खबरदारी गर्ने गर्दछन् ।

प्रतिपक्षको आवाजको उचित सम्बोधन गर्नका लागि उसले संसदमा तदनुकूलको अवसर प्राप्त गर्नु पर्ने भएकोले बेलायती संसदीय अभ्यासको क्रममा विकसित भएको ‘सरकार सत्तापक्षको, संसद प्रतिपक्ष’को भन्ने मान्यतालाई संसदमा मुखरित हुन दिनु पर्दछ भन्ने कुरामा म सचेत छु । 

प्रतिनिधि सभा सञ्चालनका लागि संविधान र प्रचलित कानून एवम् प्रतिनिधि सभा नियमावलीले गरेका मार्ग दर्शन नै सभा सञ्चालनका प्रमुख आधार रहनेछन् । यसका अतिरिक्त सभा सञ्चालनका लागि हामी आफैंले विकसित गरेका असल अभ्यास र लोकतान्त्रिक मुलुकका संसदमा विकसित भएका असल अभ्यासहरु समेत हाम्रा लागि प्रेरणादायी हुन सक्छन् ।

त्यस भन्दा पनि संविधान र कानूनका अधिनमा रही राजनीतिक दलहरुको आपसी सहमति र सहकार्य नै सभा सञ्चालनका मजबुत आधारहरु हुन् । नेपाली जनताले आफ्नो सार्वभौमिक अधिकारको प्रयोग गर्ने उच्चतम थलो यही प्रतिनिधि सभा भएकोले जनताको त्यो अधिकारको प्रयोग गर्ने राजनीतिक दलहरुले सभा सञ्चालनका लागि निरन्तर सहयोग गर्नेछन् भन्ने पूर्ण अपेक्षाका साथ माननीय सदस्यहरु मार्फत सम्पूर्ण राजनीतिक दलहरुलाई आवश्यक सहयोगका लागि सादर अनुरोध गर्न चाहन्छु ।

यो प्रतिनिधि सभा राष्ट्रियता, जनजिविका, राष्ट्रिय हित र समृद्धिका पक्षमा निरन्तर क्रियाशील रहँदै कानून बनाउने आफ्नो मुलभूत कार्य प्रति सदैव क्रियाशील रहनेछ भन्ने विश्वास व्यक्त गर्दछु । राजनीतिक दलहरुका बीचमा यदाकदा संसदमा हुने बहस र विमर्शको क्रममा उत्पन्न हुन सक्ने स्वभाविक  प्रतिस्पर्धा र मनमुटावलाई आपसी संवाद र समन्वयको माध्मवाट समाधान गर्न म सदैव क्रियाशील रहनेछु ।

प्रतिनिधि सभामा उपस्थित सबै राजनीतिक दल र माननीय सदस्यहरुलाई त्यस प्रयोजनका लागि सभामुखको कार्यकक्ष सदैव खुल्ला रहनेछ छ ।

लामो समयको आन्दोलन र बलिदानको प्रतिफल स्वरुप प्राप्त भएको संघीय लोकतान्त्रिक गणतन्त्र यो संविधानलाई क्रियाशील, सबल र जिवन्त बनाउँदै नेपाली जनताको विकास र समृद्धिको व्यग्रतापूर्वकको चाहनालाई सफलिभूत बनाउने कार्यमा यो प्रतिनिधि सभा निरन्तर क्रियाशील रहनेछ भन्ने दृढ विश्वास समेत व्यक्त गर्न चाहन्छु ।

सभा सञ्चालनका लागि सभामा उपस्थित सबै माननीय सदस्यहरुको रचनात्मक र क्रियात्मक सहयोग, सहभागिता र संलग्नताको लागि अनुरोध गर्न चाहन्छु ।

करिब पाँच दशकको राजनीतिक जीवनको क्रममा मैले जे जस्तो अनुभव र शिक्षा प्राप्त गरेको छु, त्यसैको आधारमा मलाई यो प्रतिनिधि सभाले सभामुखको पदमा निर्वाचित गरेको हो भन्ने मेरो विश्वास छ । सभामुखमा निर्वाचित भइसकेपछि मैले आफ्नो विगतको राजनीतिक सक्रियता र संलग्नतालाई थाती राखेर सभामुखको पदीय मर्यादा र भूमिकालाई सदा सदा गरिमायुक्त बनाउनु मेरो कर्तव्य हुनेछ ।

त्यही प्रयोजनका लागि सभामुखको निर्वाचनसँगै म आबद्ध रहेको राजनीति दल नेकपा (एमाले)सँगको सबै प्रकारको आवद्धता यो पदमा क्रियाशील रहँदासम्म परित्याग गरि सकेको जानकारी गराउँछु । 

अन्त्यमा, प्रतिनिधि सभाको सभामुखको हैसियतले संसदीय अभ्यासका क्रममा विकसित गरेका असल अभ्यासहरुको अनुसरण गर्ने प्रतिबद्धता व्यक्त गर्दछु । यो प्रतिनिधि सभाको हाल सम्म अध्यक्षता गर्नु हुने जेष्ठ सदस्य माननीय पशुपति शम्शेर जबरालाई धन्यवाद ज्ञापन गर्न चाहन्छु । 

देवराज घिमिरे
सभामुख, प्रतिनिधि सभा

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x