×

NIC ASIA

राष्ट्रपति चयनको सकस

कांग्रेसलाई राष्ट्रपति दिन प्रचण्ड-माधव सकारात्मक : उम्मेदवार देउवा नै हुनुपर्ने !

फागुन १२, २०७९

Prabhu Bank
NTC
Premier Steels

नेकपा (माओवादी केन्द्र) र नेकपा एकीकृत समाजवादीले कांग्रेसले राष्ट्रपति लिने भए पार्टी सभापति शेरबहादुर देउवा नै उम्मेदवार बन्नुपर्ने अनौपचारिक प्रस्ताव गरेका छन् ।

Muktinath Bank

प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रवार बसेको चार दलको बैठकमा राष्ट्रपतिका लागि देउवालाई अगाडि सार्दा सहमति जुट्ने संकेत दुवै दलले गरेका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

राष्ट्रपतिका लागि दाबेदार मानिएका नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले देउवा राष्ट्रपतिको उम्मेदवार बन्ने भए आफू पछि हट्न तयार रहेको संकेत गरेका थिए ।


Advertisment
Nabil box
Kumari

बालुवाटार बैठकमा पुरानो गठबन्धन ब्युँताउने र राष्ट्रपति निर्वाचनमा एउटै उम्मेदवार खडा गर्ने सहमति भएको थियो । 

Vianet communication

नेपाली कांग्रेसका एक नेताले देउवालाई राष्ट्रपतिको उम्मेदवार बनाउनु पर्ने अवस्था आकस्मिक रूपमा आइपरेको बताए ।

‘कि सभापतिज्यू राष्ट्रपति बन्न तयार हुनुपर्‍यो, हैन भने पुस १० गते जस्तै सर्वस्व गुमाउन राजी हुनुपर्‍यो,’ कांग्रेस संस्थपनइतरका एक नेताले लोकान्तरसँग भने । 

माओवादी र एसको प्रस्तावपछि पार्टीमा आन्तरिक छलफल गर्नुपर्ने भन्दै नेताहरू बालुवाटारबाट बाहिरिएका थिए । 

‘प्रचण्डको रणनीतिमै देउवालाई अगाडि सार्न खोजिएको हामीले बुझेका छौं । देउवासँग काम गर्न कम्फर्टेबल हुने प्रचण्डको विश्लेषण छ,’ ती नेताले भने ।

कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले भने सभापति स्वयं उम्मेदवार बन्नुहुन्छ भन्ने आफूलाई नलागेको बताए ।

‘कांग्रेसबाटै राष्ट्रपति बन्नेमा हामी विश्वस्त छौं । तर सभापति नै उम्मेदवार बन्नुहुन्छ भन्ने लाग्दैन । भोलि बिहान कार्यसम्पादन समितिको बैठक बसेर हामी उम्मेदवार तय गर्छौं,’ उनले लोकान्तरसँग भने ।

राष्ट्रपति कुन दलले पाउने भन्ने टुंगो भने आजै साँझ लाग्ने उनले बताए ।

‘अब पार्टीभित्र केही आन्तरिक छलफल पनि हुन्छन् । अनि आज साँझ पुनः चारदलीय बैठक बसेर राष्ट्रपतिको उम्मेदवार कुन दलले पाउने भन्ने टुंगो लगाउने तयारी छ,’ उनले भने ।

मंसिर ४ गतेको चुनावअघि पनि देउवालाई राष्ट्रपति बनाएर जानेबारे छलफल भएको थियो । देउवा सहमत नभए पनि पुस १० गते पुरानो गठबन्धन भत्किएर एमालेको समर्थनमा प्रचण्डको सरकार बनेको थियो । 

फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनका लागि भोलि शनिवार उम्मेदवार मनोनयन गर्ने कार्यसूची छ । उम्मेदवारमा सहमति गर्न चार दलको बैठक शुक्रवार साँझ ५ बजे पुनः बैठक बस्दैछ ।

पढ्नुहोस्, यो पनि :

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x