×

NMB BANK
NIC ASIA

‘दिमाग खराब’ चलचित्रले उठाएको मागमा जुट्यो सहमति

काठमाडाैं | मंसिर ७, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

नेपाल चलचित्र संघ र निर्माता संघबीच सेयर बाँडफाँडको विषयमा सहमति जुटेको छ । 

Muktinath Bank

बिहीवार सहमति जुटेसँगै अब चलचित्र प्रदर्शन भइरहुन्जेल निर्माताले ५० प्रतिशत सेयर पाउने भएका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

निर्माता संघका अध्यक्ष नवल खड्काले ५० प्रतिशत सेयर बाँडफाँडको विषयमा सहमति जुटेको जानकारी दिए । 


Advertisment
Nabil box
Kumari

दुवै संस्थाले संयुक्त विज्ञप्ति जारी गर्दै यसबारे जानकारी दिने तयारी रहेको खड्काले बताए । ​

Vianet communication
Laxmi Bank

यसअघि चलचित्र प्रदर्शनको पहिलो र दोस्रो हप्ता प्रदर्शक र निर्माताले ५०/५० प्रतिशत सेयर बाँडफाँड गर्थे । तर, तेस्रो हप्तादेखि निर्माताले जम्मा ३५ प्रतिशत र प्रदर्शकले ६५ प्रतिशत सेयर पाउँथे । 

शोज र सेयर बाँडफाँडमा आपत्ति जनाउँदै ‘दिमाग खराब’को टिमले चलचित्रको प्रदर्शन रोक्ने चेतावनी  दिएको थियो । चलचित्र प्रदर्शनभर ५० प्रतिशत सेयर नपाए चलचित्र हलबाट उतार्ने चेतावनी यसका निर्माता र निर्देशकले दिएका थिए । ​

शोजको विषयमा यसअघि नै सहमति जुटेपनि सेयर बाँडफाँडको विषयमा भने टुंगो लागेको थिएन । बिहीवार यसमा पनि सहमति जुटेसँगै शुक्रवारका लागि ‘दिमाग खराब’को शोज सार्वजनिक गरिएको छ ।

कात्तिक २४ गतेबाट प्रदर्शनमा आएको यो चलचित्र भोलि शुक्रवारबाट तेस्रो सातामा प्रवेश गर्दैछ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

‘लुट’बाट सेलिब्रिटी निर्देशकको छवि बनाएका निश्चल बस्नेत निर्देशित आगामी चलचित्र ‘दिमाग खराब’ यही शुक्रवारबाट प्रदर्शनमा आउँदैछ ।  तिहारको अवसर पारेर प्रदर्शनमा आउन लागेको चलचित्...

फागुन १८, २०८०

वैशाखमा प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘डिग्री माइला’को टिजरलाई लिएर अर्बपति विनोद चौधरीले प्रतिक्रिया दिएका छन् । उक्त फिल्मको केही दिनअघि सार्वजनिक टिजरलाई लिएर चौधरीले प्रतिक्रिया दिएका हुन् ...

कात्तिक १९, २०८०

अभिनेता राजेश हमालबारे नकारात्मक टीकाटिप्पणी कमै हुने गरेको छ ।  सामाजिक सञ्जालमा पनि उनीबारे आलोचना गरेको खास्सै पाइँदैन । तर, यसपटक भने फेसबुक पोष्टमा राजेशले आलोचना खेपेका छन् । उनले फेसबुकमा ...

असोज ३०, २०८०

बडा दशैँको अवसर पारेर गत शुक्रवारबाट प्रदर्शनमा आएको नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’ले दर्शकबाट सुखद् प्रतिक्रिया पाइरहेको छ ।  हलबाट निस्किँदै गरेका दर्शकहरूले आजको नेपाली समा...

पुस ६, २०८०

दरबारको कथा समेटेर नेपाली चलचित्र ‘राजमहल’ निर्माण गरिने घोषणा गरिएको छ । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाविच चलचित्रमा अभिनय रहने मुख्य कलाकारहरूको जानकारी दिँदै औपचारिक निर्माण घोषणा...

फागुन ११, २०८०

अभिनेत्री रेखा थापा आमा बनेकी छन् । अमेरिकामा रहेकी रेखाले शुक्रवार छोरीलाई जन्म दिएकी हुन् ।  उनले छोरीको नाम वैभवी राज्यलक्ष्मी शाही ठकुरी राखेकी छन् । सामाजिक सञ्जालमा तस्वीर सार्वजनिक गर्दै उनले आमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x