×

NMB BANK
NIC ASIA

कहिले सुनसान, कहिले मारामार

नेपाली फिल्मको घामपानीः तीन महिना खडेरी, फागुनमा ‘बाढी’

हल व्यवसायी आशावादी, फर्किएलान् दर्शक ?

काठमाडाैं | माघ २७, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

पछिल्ला तीन महिना हलमा नेपाली चलचित्र (फिल्म)को खडेरी देखियो । कात्तिक २४ गते प्रदर्शनमा आएको ‘दिमाग खराब’यता एकाध मात्रै नेपाली फिल्म प्रदर्शनमा आए । मंसिर महिनाभर जम्मा दुइटा मात्र नेपाली फिल्म रिलिज भए ।

Muktinath Bank

महिनाको अन्तिम शुक्रवार २९ गते ‘दुई कदम’ र ‘जम्प’ प्रदर्शनमा आए पनि दुवै फिल्मले लगानीको सानो हिस्सा पनि हलबाट उठाउन सकेनन् । त्यसपछि पुसमा पनि महिनाभर जम्मा दुईवटा मात्रै नेपाली फिल्म रिलिज भए । पुसको २७ गते प्रदर्शनमा आएका ‘चित्रा’ र ‘पर्खी बसेँ तिमीलाई’ दुवै फिल्म बक्स अफिसमा नराम्रोसँग चिप्लिए । त्यसको एक महिनापछि शुक्रवार (माघ २५)बाट सिमोस सुनुवार निर्देशित ‘हात्तीछाप’ र माओत्से गुरुङ निर्देशित ‘दयारानी’ गरी एकसाथ दुईवटा नेपाली फिल्म प्रदर्शनमा आएका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यसपछि हप्तैपिच्छेजस्तो नयाँ–नयाँ नेपाली फिल्म प्रदर्शनका लागि पाइपलाइनमा छन् । कुनै साता दुईदेखि तीन वटासम्म फिल्म जुध्ने तरखरमा छन् । रिलिजको लाइनअप हेर्दा आउँदो जेठसम्म हलमा फिल्मको खडेरी नहुने अनुमान रहेको वितरक रोहित कट्टेल बताउँछन् । 


Advertisment
Nabil box
Kumari

शुक्रवारबाट प्रदर्शनमा आएको ‘हात्तीछाप’का वितरकसमेत रहेका कट्टेलले भने, ‘कुनै–कुनै साता छाड्ने हो भने जेठसम्म हरेक साताजसो फिल्म रिलिज हुने देखिएको छ ।’ 

Vianet communication
Laxmi Bank

हलमा दयाहाङ भर्सेस दयाहाङ

शुक्रवारबाट प्रदर्शनमा आएका ‘हात्तीछाप’ र ‘दयारानी’ दुवै फिल्ममा दयाहाङ राई शीर्ष भूमिकामा छन् । जसमध्ये ‘हात्तीछाप’मा दयाहाङको जोडीका रुपमा उपासना सिंह ठकुरी छिन् । साथमा, सौगात मल्ल, बेनिशा हमाल, बुद्धि तामाङ, विजय बराल लगायतका कलाकारले पनि फिल्ममा शीर्ष भूमिकामा अभिनय गरेका छन् । 

त्यस्तै, ‘दयारानी’मा दयाहाङको जोडीका रुपमा दीया पुन छिन् । साथमा, विजय बराल, प्रमिश गुरुङ, श्रीशा गुरुङ लगायतका कलाकारको पनि अभिनय छ । यी दुवै आशा गरिएका फिल्म हुन् । ​

फागुनमा ‘बाढी’
फागुनमा भने फिल्म रिलिजको ‘बाढी’ आउने देखिएको छ । आगामी शुक्रवार (फागुन ४)बाट आकाश मगर निर्देशित फिल्म ‘जिग्री’ प्रदर्शनमा आउँदैछ । अभयराज बराल, आकाश मगर, सुशीलराज पाण्डे, पशुपति राई, सुप्रिया राना, रोशन सुवेदी लगायतको अभिनय यो फिल्म देख्न सकिछ । 

फागुन ११ गतेबाट मिलन चाम्स निर्देशित फिल्म ‘गोर्खा वारियर’ प्रदर्शनमा आउनेछ । यो फिल्ममा रितेश चाम्स, विजय लामा, रेविका गुरुङ, सारा राई, कविता आले, शिशिर बाङ्देल, रेयर राई लगायतको अभिनय छ । फागुन १८ गतेबाट सौरभ चौधरी निर्देशित ‘अगस्त्य : च्याप्टर १’ प्रदर्शनमा आउनेछ । फिल्ममा सौगात मल्ल, नाजिर हुसेन, निश्चल बस्नेत, मलिका महत, प्रमोद अग्रहरी, बेन बस्नेत, विजय बराल, रवीन्द्र झा, शिशिर वाङदेल, सिम्रन खड्का लगायतको अभिनय छ । फागुन २५ गतेका लागि भने तीन फिल्मको प्रदर्शन तय छ । नवल खड्काले निर्देशन गरेको ‘काँडेतार’, ज्ञानेन्द्र देउजा निर्देशित रेखा थापाको फिल्म ‘उपहार’ र अर्जुन सुवेदीको निर्देशनमा रहेको ‘रंगेली’ उक्त मितिमा प्रदर्शनमा आउने घोषणा भएको छ । 

जसमध्ये ‘काँडेतार’मा निर्देशक नवलसहित गौरव पहारी, सुरबिना कार्की, रेविका गुरुङ, प्रशान्त यादव, मुरलीधर, प्रेम सुब्बा र सञ्जय खतिवडालगायत कलाकारको अभिनय छ । 

‘उपहार’मा रेखासहित बेनिशा हमाल, पूजा शर्मा, मुकुन भुसाल, तेज गिरी, समर्पणजंग कार्की, शिशिर राणा, सुष्मा कार्की लगायतको अभिनय छ । त्यसैगरी, ‘रंगेली’मा दयाहाङ राई, मिरुना मगर, अर्पण थापा, प्रवीन खतिवडा, रुपेश झा, रमेश बुढाथोकी लगायतको अभिनय देख्न सकिन्छ । यस्तै चैत, वैशाख र जेठमा पनि आशा गरिएका फिल्महरू प्रदर्शनमा आउँदैछन् ।

आशावादी हल व्यवसायी
शुक्रवारबाट प्रदर्शनमा आएका र आगामी फिल्मलाई लिएर हल व्यवसायीहरूसमेत आशावादी देखिएका छन् । फिल्म हल संचालकहरूको छाता संस्था नेपाल चलचित्र संघका महासचिव नरेन्द्र महर्जनले केही फिल्मले दर्शक तान्ने र राम्रो व्यापार गर्ने विश्वास लिएका छन् ।

‘शुक्रवारबाट रिलिज भएका पनि अपेक्षा गरिएका फिल्महरू हुन् । झनै फागुनमा त थुप्रै फिल्म आउँदैछन् । तीमध्ये केही फिल्मले दर्शक तान्लान्, राम्रो व्यापार गर्लान् भन्ने आशा छ,’ उनले भने ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २२, २०८०

हास्य कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ स्टेज शोमा फर्किएसँगै मेला–महोत्सवमा खोजिन थालेका छन् । अघिल्लो शनिवार कास्कीको लेखनाथ महोत्सवमा प्रस्तुति द...

मंसिर २, २०८०

‘लुट’ र ‘टलकजंग भर्सेस टुल्के’जस्ता प्रशंसित चलचित्रका निर्देशक निश्चल बस्नेतको चलचित्र ‘दिमाग खराब’ दोस्रो सातामा प्रदर्शन भइरहेको छ । २०७३ मा ‘लुट– २’...

मंसिर ११, २०८०

‘चिसो हावाले’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको छ ।  आइतवार बेलुका अकलादेवी म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गीतमा सुरज अगस्ती, लक्ष्मी खड्का र ध्रुव रेग्मीको स्वर छ ।  ...

कात्तिक २३, २०८०

मोडल एवं अभिनेत्री दीपाशा बीसी ‘जलपरी’को मृत्यु भएको छ । स्वास्थ्यमा समस्या आएपछि बुधवार राति थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएकी २८ वर्षीया उनको बिहीवार दिउँसो मृत्यु भएको हो । अस्पतालले उनलाई म...

पुस १०, २०८०

कलाकार शिशिर भण्डारीले आफ्नो हिट गीत ‘फोटो फिरिममा’ शीर्षकमा टेलिसिरियल ल्याउने भएका छन् ।  निर्माणको तयारी सुरु भइसकेको टेलिसिरियलमा उनकै कथा, पटकथा एवं संवाद लेखन रहनेछ ।  उ...

कात्तिक १९, २०८०

अस्ट्रेलियाको एक साङ्गीतिक कार्यक्रममा गायक सुगम पोखरेलले दर्शकलाई माइकले हानेका छन् । आइतवार बिहानैदेखि सामाजिक सञ्जालमा उक्त भिडियो भाइरल भइरहेका छन् ।  शुक्रवार राती नेपालमा गएको भूकम्पमा ज्यान गु...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x