×

NIC ASIA

सरसर्ती २४ घण्टा

विश्वासको मत लिने तयारीमा प्रधानमन्त्री, राष्ट्रियसभा अध्यक्षमा कांग्रेसले उम्मेदवारी दिने

काठमाडाैं | फागुन २७, २०८०

Prabhu Bank
NTC
Premier Steels

‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज जनता समाजवादी पार्टी (जसपा)लाई समेटेर मन्त्रिपरिषद् विस्तार गर्दैछन् ।
उनले आज मन्त्रिपरिषद् विस्तार गर्न लागेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

Muktinath Bank

जसपाबाट अध्यक्ष उपेन्द्र यादव उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री बन्नेछन् । यस्तै वन तथा वातावरण मन्त्रालयमा नवलकिशोर साह सुडी र स्वास्थ्य राज्यमन्त्रीको रूपमा दीपक कार्कीले नियुक्ति पाउने छन् ।
००००
नेपाली कांग्रेस राष्ट्रियसभा संसदीय दलको नेतामा कृष्णप्रसाद सिटौला मनोनीत भएका छन् । 
उनलाई शनिवार पार्टी सभापति शेरबहादुर देउवाले संसदीय दलको नेतामा मनोनयन गरेको कांग्रेस संसदीय दलको निजी सचिवालयले जनाएको छ ।
००००
संसद्को सार्वजनिक लेखा समितिको नेतृत्वमा नेपाली कांग्रेसले दाबी गरेको छ। 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पार्टी सभापति शेरबहादुर देउवानिवास बूढानीलकण्ठमा बसेको पदाधिकारी बैठकले सार्वजनिक लेखा समितिको नेतृत्व कांग्रेसले पाउनुपर्ने निष्कर्ष निकालेको हो । यसैबीच राष्ट्रियसभा अध्यक्ष पदमा पनि कांग्रेसले उम्मेदवारी दिने भएको छ । 
००००
प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रको संसदीय दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले परिवर्तित राजनीतिक परिस्थितीका बारेमा संसदीय दललाई जानकारी गराएका छन् ।


Advertisment
Nabil box
Kumari

संसदीय दलको कार्यालय सिंहदरबारमा आज बसेको बैठकमा प्रधानमन्त्री प्रचण्डले सरकारको समीकरण परिवर्तनका सम्बन्धमा प्रष्ट पारेको दलका मुख्य सचेतक हितराज पाण्डेले जानकारी दिए ।

Vianet communication

बैठकमा प्रतिनिधिसभाको पछिल्लो अवस्थाबारे प्रतिनिधिसभाका मुख्य सचेतक पाण्डे र राष्ट्रियसभाका प्रमुख सचेतक गोपीबहादुर अछामीले बैठकलाई जानकारी गराएका थिए ।
००००
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यही फागुन ३० गते विश्वासको मत लिने गरी तयारी गरेका छन् ।
नेपाली कांग्रेससँगको सत्ता समीकरण फेरेर नेकपा एमालेसहितको गठबन्धनमा सामेल भएपछि प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन लागेका हुन् ।
००००
नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशम चौधरीले संघ र प्रदेशमा सांसदहरूको संख्या घटाउनु पर्ने बताएका छन् ।

शनिवार साँझ बुटवलमा पत्रकारहरूसँग कुरा गर्दै नेता चौधरीले सांसद संख्या घटाउनुपर्ने प्रस्ताव अगाडि सारेका हुन् । साथै मन्त्री बनाउन पनि निश्चित मापदण्ड तोकिनुपर्ने उनले बताए ।
००००
नेपाल प्रहरीको पोलिग्राफ शाखामा हालसम्म दुई हजार सात सय ७८ मुद्दाका पाँच हजार चार सय १७ जनाको पोलिग्राफ परीक्षण गरिएको छ । स्थापना भएयता १० वर्षमा सो बराबर परीक्षण गरिएको हो ।
००००
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आफ्नो पार्टी सरकार भत्काउने चलखेलमा नलाग्ने स्पष्ट पारेका छन् ।
नेपाल शिक्षक सङ्घ बागमती प्रदेशको चौथो प्रतिनिधिसभाको शनिवार उद्घाटन गर्दै उनले कांग्रेस नयाँ सरकार बनाउनेतर्फ नलाग्ने स्पष्ट पारे ।
००००
पछिल्ला पाँच वर्षमा साइबर अपराधका घटना छ गुणा बढीले वृद्धि भएको पाइएको छ । 
नेपाल प्रहरी प्रधान कार्यालय, साइबर ब्युरोको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७६–७७ मा दुई हजार तीन सय एक निवेदन आएकामा चालु आवको फागुन २३ सम्म १२ हजार सात सय ८९ निवेदन आएका हुन् ।

 त्यस्तै आव २०७७–७८ मा तीन हजार नौ सय छ, आव २०७८–७९ मा चार हजार ६ सय ८६ र आव २०७९–८० मा नौ हजार १३ निवेदन परेको प्रहरी प्रधान कार्यालयले उल्लेख गरेको छ ।
००००
नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले हाम्रो देशको रणनीतिक महत्वका कारणले भूराजनीतिक शक्तिहरूको चासो दिन प्रतिदिन बढिरहेको टिप्पणी गरेका छन् । शनिबार बिहान सरकारलाई शुभकामना दिँदै खनालले नयाँ गठबन्धनको सरकार बनेकै दिनदेखि यसलाई असफल पार्न दक्षिणपन्थी शक्तिहरू चलखेल र षड्यन्त्रमा लागेको टिप्पणी गरेका हुन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x