×

NIC ASIA

सरसर्ती २४ घण्टा

कांग्रेससँग रवि लामिछाने आक्रोशित, जीबी राई पक्राउ पर्ने

काठमाडाैं | चैत ११, २०८०

Prabhu Bank
NTC
Premier Steels

‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थत भएका छौँ–
उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले कांग्रेसलाई आफूसँग सार्वजनिक बहसमा आउन चुनौती दिएका छन् । 
सहकारी विवादमा आफूलाई कांग्रेसले निरन्तर निशाना बनाइरहेको प्रति आक्रोश पोख्दै लामिछानेले संसदमा जवाफ दिन नपाएकाले कांग्रेसले भनेको ठाउँमा सार्वजनिक बहस गर्न प्रस्ताव गरेका हुन् । त्यसका लागि कांग्रेस महामन्त्री गगन थापाको निर्वाचन क्षेत्र उपयुक्त हुने पनि लामिछानेको भनाइ छ।

Muktinath Bank

‘तपाईँहरूले भनेको दिन,स्थान र  समयमा तपाईँहरू र म सार्वजनिक बहस गरौँ। त्यो बहस काठमाडौँ–४ मा भए राम्रो। म एक्लै आउँछु, तपाईँ  आफ्ना विज्ञ,पार्टीका सम्पूर्ण प्रभावशाली नेता र तपाईँले म माथि लगाएका सारा आरोप पुष्टि गर्ने सम्पूर्ण प्रमाण बोकेर आउनु होला’, लामिछानेले सामाजिक सञ्जाल फेसबुकमार्फत खुला चुनौती दिएका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

 यो बहस लाइभ गरेर सारा देशलाई देखाइनुपर्ने पनि उनको भनाइ छ । ‘सारा देशका अगाडि तपाईँहरूले मलाई  सूर्यदर्शन सहकारीको ठग प्रमाणित गर्नु होला। तपाईँका कुरा तपाईँ जान्नुहोस्, मैले त मेरा मतदाता माथि न्याय गर्नै पर्छ। जवाफ दिनै पर्छ’, लामिछानेले भनेका छन्, ‘मेरो यो प्रस्तावको  जवाफमा तपाईँहरूले कहीँ,कतै,केही लेख्न बोल्न पर्दैन।दायाँ बायाँ केही कुरा नगर्नु होला। बस्, तपाईँ मलाई यत्ति मात्र भन्नुस्,म कहिले कहाँ तपाईँका आरोपहरूको जवाफ दिन आउँ ?’
००००
यस्तै लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिलेको जस्तै सहयोग दिएमा धेरै काम हुने बताएका छन् । 
काठमाडौँमा आयोजित वर्तमान सन्दर्भमा पार्टीको कार्यनीति विषयक कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री दाहालको कार्यकालमा आफूले विधि जोगाउने सहमति गरेको दाबी समेत गरे । 


Advertisment
Nabil box
Kumari

उनले नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका उपाध्यक्ष एवम् पूर्वसभामुख कृष्णबहादुर महरालाई स्वास्थ्य अवस्थाका कारण हाजिर जमानतमा छाडिएकाले त्यसमा शङ्का गर्न नहुने स्पष्ट पारे । उनले महरामाथि अनुसन्धान भइरहेको समेत जानकारी गराए । लामिछानेले जीबी राईलाई पक्राउ गरेरै छाड्ने पनि बताए ।
००००
नेपाल समाजवादी पार्टी (नेसपा) अध्यक्ष डा बाबुराम भट्टराईले राजनीतिक स्थिरताका लागि छिटो संविधान संशोधन गरेर प्रत्यक्ष निर्वाचित कार्यकारी र पूर्ण समानुपातिक ढाँचामा प्रत्यक्ष निर्वाचित व्यवस्थापिका प्रणालीमा जानुपर्ने प्रस्ताव राखेका छन् ।

Vianet communication

पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराईले शनिवार साँझ सामाजिक सञ्जालमा लेख्दै वर्षमा तीन चोटी गठबन्धन र सरकार परिवर्तन हुने परिपाटीको अन्त्य गर्न प्रत्यक्ष निर्वाचित कार्यकारीको आवश्यकता औँल्याएका हुन् ।
००००
ट्राफिक प्रहरीले रङ्गहरूको पर्व फागु पर्व (होली)लाई सुरक्षित, मर्यादित र उल्लासमय बनाउन काठमाडौं उपत्यकाका तीनै जिल्लाका सडकमा अधिकतम ट्राफिक प्रहरी खटाउने भएको छ । विगतका पर्वभन्दा अझ बढी सुरक्षित र व्यवस्थित बनाउन ९ सय बढी ट्राफिक प्रहरी खटिने भएका हुन् । काठमाडौं उपत्यकामा आइतबार होली मनाइँदै छ । 
००००
मधेश प्रदेश सरकारका मुख्यमन्त्री सरोजकुमार यादवको सिफारिसमा प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले शनिवार मन्त्रिपरिषद् विस्तार गरेकी छिन् । केन्द्रमा सत्ता समीकरण फेरिएपछि मधेशमा पनि सत्ता समीकरण परिवर्तन भएको हो ।
नेकपा एमालेको कोटाबाट तीन मन्त्री र एक राज्यमन्त्री सरकारमा गएका हुन् ।
००००
मुलुकको अर्थतन्त्रको बाह्य क्षेत्रमा विस्तारै सुधार देखिन थाले पनि सार्वजनिक वित्त व्यवस्थापनको क्षेत्र भने अझै चुनौतीपूर्ण देखिएको छ । सरकारको आम्दानी तथा खर्च, सार्वजनिक ऋण व्यवस्थापन, सरकारी कोष तथा साधन स्रोतको परिचालनलगायत क्षेत्रमा अनेकौँ समस्या मुलुकले भोगिरहेको छ ।

नवनियुक्त अर्थमन्त्री वर्षमान पुनले मन्त्रालयको जिम्मेवारी सम्हालेपछिको पहिलो सार्वजनिक कार्यक्रममा सार्वजनिक वित्त व्यवस्थापनको क्षेत्रमा समस्या रहेको र त्यसलाई सुधार गर्ने विषय आफ्नो पहिलो प्राथमिकतामा पर्ने बताएका थिए ।
००००
बैंकको कर्जामा रहेको विभेदपूर्ण नीति हटाउन बैंक तथा वित्तीय संस्था पीडित समन्वय समितिले माग गरेको छ ।

समन्वय समिति रुपन्देहीले शनिवार बुटवलमा पत्रकार सम्मेलन गरी एउटै बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने कर्जाको ब्याजदरमा एकरुपता हुनुपर्ने लगायत ९ बुँदे माग अगाडि सारेको छ ।
००००
उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले चीन भ्रमणलाई फलदायी बनाउन विभिन्न मन्त्रालयका उच्चपदस्थ अधिकारीसँग छलफल गरेका छन् । 
परराष्ट्र मन्त्रालयमा शनिवार भएको छलफलमा उनले चीनसँग भएका सम्झौता कार्यान्वयनको अवस्थाका बारेमा जानकारी लिए ।
सहभागीले ऊर्जा, व्यापार, पर्यटन, सम्पर्क सञ्जाल, कृषि, प्रविधि हस्तान्तरण, सीमा व्यवस्थापनलगायत विषयमा चिनियाँ पक्षसँग छलफल गर्न सुझाव दिएका थिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x