मंसिर २, २०८०
गोपाललाई सानैदेखि धूमपानको लत बसेको थियो, शायद संगतको प्रभाव भनेको यही हुनुपर्छ । घरमा बाबुदाजुहरू हुक्का तान्थे । त्यति बेलाको चलन के भने सबैभन्दा सानोले तमाखु भर्नुपर्ने । त्यतिसम्म त ठीकै थियो, सल्काएर समे...
मृत्यु त्यति सुन्दर नै छ होला सायद,
जसलाई पाएपछि बाँच्न नै छोडिदिन्छ मान्छे ।
सत्यका लागि जीवनभर लडिरहन्छ मान्छे,
तर, जुन शाश्वत सत्य
अन्तिममा भेट्न पुग्दछ,
त्यसैसँग हरक्षण किन डराउँछ होला ?
कसैलाई अन्याय नगर्ने एउटा सत्य,
कसैलाई पक्षपात नगर्ने एउटा सत्य,
न धनी, न गरीब; न ठूलो, न त सानो नै,
सबैलाई समान रुपमा प्राप्त हुने त्यो सत्य ।
अरु बेला भुइँमा पछार्ने मानिसहरू,
मृत्युलाई भेटेपछि, माथि काँधमा उठाउन पुग्छन् ।
अरु बेला एक्लो बनाउने मानिसहरू,
मृत्युलाई भेटेपछि पछ्याउँछन्, अंगाल्न पुग्छन्
सायद यति सुन्दर चिज,
तैंले पाइस् भनेर खोस्न होला !
जन्मिने बित्तिकै रुन्छ मानिस,
तर अरु हाँसिरहेका हुन्छन् ।
सायद जीवन पो कुरुप छ होला, मृत्युभन्दा !
र पो त्यस चक्रमा फस्न पुग्दा, गिज्याउँछन् होला अरु
तर जब मृत्युलाई प्राप्त गर्दछ मान्छे,
अरुहरू रुन पुग्छन्, बिलौना गर्छन्
सुन्दर सत्य, तैंले पाइस् भनेर होला सायद !
मान्छे आफैं मृत्युसँग भेट्दा,
त्यति शान्त, त्यति भव्य र त्यति शालिन
त्यसकारण हुन्छ होला सायद,
किनकी मृत्यु त्यति सुन्दर नै छ होला,
सायद, सायद !
गोपाललाई सानैदेखि धूमपानको लत बसेको थियो, शायद संगतको प्रभाव भनेको यही हुनुपर्छ । घरमा बाबुदाजुहरू हुक्का तान्थे । त्यति बेलाको चलन के भने सबैभन्दा सानोले तमाखु भर्नुपर्ने । त्यतिसम्म त ठीकै थियो, सल्काएर समे...
सानीमा भेट्न चितवन गएको थियो गोपाल चार दिन हिँडेर । राप्ती किनार नजिकको सानो गाउँमा बस्दै आएकी थिइन् उनी, जो पहाडमा खान लाउन नपुगेपछि केही वर्ष अघि पुगेकी हुन् त्यतातिर । त्यतिबेला अहिलेजस्तो यातायातको साधन...
लेखक एवं पत्रकार अखण्ड भण्डारीको उपन्यास ‘बोरा’ विमोचन भएको छ । अन्नपूर्ण पोस्ट दैनिकका प्रधान सम्पादक भण्डारीको ‘बोरा’ उपन्यास शुक्रवार काठमाडौंमा आयोजित कार्यक्रममा विमोचन गरिए...
गुणराज ढकाल सामाजिक सञ्जालमा अभ्यस्त हुन थालेपछि अध्ययन गर्ने बानी निकै घटेको छ । सामाजिक सञ्जालमा आउने टिप्पणीबाटै हामीले आफ्नो दृष्टिकोण बनाउने गर्दछौं । विषयको गहिराइसम्म पुगेर अध्ययन तथा विश्लेषण गर...
गोपी मैनाली कविहरूले केका लागि कविता लेख्छन् भन्नेमा मत्यैक्यता पाइँदैन । कोही आनन्दका लागि भन्छन्, त कोही उपयोगिताका लागि । अझ कोही त अभिव्यञ्जनाको अर्को उद्देश्य नै हुँदैन भन्ने गर्छन् । ...
त्यो शिक्षकले पढायो, नेता बन्न सिकायो र त आज देशको बागडोर चलाइरहेका छौ । त्यो शिक्षकले पढायो, कर्मचारी बन्न सिकायो र त आज देशको प्रशासन चलाइरहेका छौ । त्यो शिक्षकले पढायो, डाक्टर बन्न सिकायो र त आज हजारौ...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...