×

NMB BANK
NIC ASIA

एकैदिन रिलिज हुन लागेका ‘जारी’ र ‘बुलाकी’को कथा मिल्छ ?

चैत १७, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

नयाँ वर्षको अवसर पारेर वैशाख १ गतेबाट ४ नेपाली फिल्म रिलिज हुँदै छन् । जसमध्ये अभिनेता दयाहाङ राईका दुई फिल्म छन् । रिलिजको तयारीमा रहेका ४ वटै फिल्म विविध कारणले चर्चामा छन् ।

Muktinath Bank

यी मध्ये ‘जारी’ र ‘बुलाकी’को कथावस्तु समेत मिल्ने चर्चा यतिबेला फिल्मवृत्तमा छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सार्वजनिक ट्रेलरबाट पनि त्यो कुरा आँकलन गर्न सकिन्छ । निर्देशक उपेन्द्र सुब्बाले लिम्बु समाजमा रहेको जारीको कथालाई ‘जारी’ फिल्मले उठाएको बताइसकेका छन् । यता, ‘बुलाकी’ भने कर्णालीको जारी प्रथाको कथामा निर्माण भएको फिल्म हो । उक्त फिल्मका निर्देशक लक्ष्मण सुनार दुई फिल्मको कथा संयोगवश मिल्न गएको देखिएको बताउँछन् ।


Advertisment
Nabil box
Kumari

‘हामी कर्णालीको कल्चरमा छौँ । उहाँहरू लिम्बु कल्चरमा हुनुहुन्छ’ – निर्देशक सुनारले भने । 

Vianet communication
Laxmi Bank

उसो त ‘बुलाकी’ एकसाता अगाडि आउनेबारे पनि कुराकानी भएको थियो । यद्यपि, चैत २४ मा सुरक्षा पन्तको फिल्म ‘बहाव’ प्रदर्शनमा आउँदैछ । सुरक्षाको मुख्य भूमिका रहेका दुई फिल्म जुधाउँदा पनि असर हुने भएकाले ‘बुलाकी’ वैशाख १ मै ल्याउने निर्णयमा पुगेको निर्देशक सुनारको भनाई छ । 

उनले खुलेर नबोले पनि ‘बुलाकी’ पछाडि नहटनुको कारण भने ‘जारी’सँग कथावस्तु मिल्नु रहेको बुझिएको छ ।

‘‘जारी’भन्दा पछि आउँदा दर्शकले कथावस्तु उस्तै रहेछ भन्ने अवस्था आउँछ । त्यसैले ‘बुलाकी’ वैशाख १ मै रिलिज हुन लागेको हो’ – स्रोत भन्छ । 

‘जारी’मा दयाहाङ राई, मिरुना मगर, प्रेम सुब्बा, विजय बराल, रोयदीप श्रेष्ठ, रेखा लिम्बूलगायतको अभिनय छ ।

त्यस्तै, ‘बुलाकी’मा सुरक्षा पन्त, नरेन खड्का, विराज विष्ट, सरस्वती खत्री, लक्ष्मी गिरी, प्रकाश कंडेल, सुशील पोखरेल, रमेश बुढाथोकीलगायतको अभिनय छ ।

‘जारी’को ट्रेलर :

‘बुलाकी’को ट्रेलर :

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ११, २०८०

‘चिसो हावाले’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको छ ।  आइतवार बेलुका अकलादेवी म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गीतमा सुरज अगस्ती, लक्ष्मी खड्का र ध्रुव रेग्मीको स्वर छ ।  ...

मंसिर २, २०८०

‘लुट’ र ‘टलकजंग भर्सेस टुल्के’जस्ता प्रशंसित चलचित्रका निर्देशक निश्चल बस्नेतको चलचित्र ‘दिमाग खराब’ दोस्रो सातामा प्रदर्शन भइरहेको छ । २०७३ मा ‘लुट– २’...

मंसिर १३, २०८०

गायिका भूमिका गिरी र गायक प्रकाश दूतराजको सहकार्य रहेको दोस्रो गीत पनि करोड क्लबमा प्रवेश गरेको छ । उनीहरुले सहकार्य गरेको ‘देउरालीमा...’ बोलको गीतलाई युट्युबमा १ करोडभन्दा बढी पटक हेरिएको हो ।...

कात्तिक १९, २०८०

अस्ट्रेलियाको एक साङ्गीतिक कार्यक्रममा गायक सुगम पोखरेलले दर्शकलाई माइकले हानेका छन् । आइतवार बिहानैदेखि सामाजिक सञ्जालमा उक्त भिडियो भाइरल भइरहेका छन् ।  शुक्रवार राती नेपालमा गएको भूकम्पमा ज्यान गु...

पुस १२, २०८०

ढुंगामाटोले बनेको घरको आँगनमा घरतर्फै फर्किएर केही मानिसहरू लाइन लागेका छन् । बार्दलीमा झुन्ड्याइएको ब्यानरमा लेखिएको छ, सक्किगोनि ।  ब्यानरको छेउमा उभिएका छन्, अर्जुन घिमिरे (पाँडे) । यो चर्चित ह...

मंसिर १४, २०८०

नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को प्रदर्शन नेपालमा अझै जारी छ ।  चलचित्रले शनिवार प्रदर्शनको ५१ दिन पूरा गर्दैछ । प्रकाश सपूत, केकी अधिकारी र वर्षा शिवाकोटी स्टारर यो चलचित्र...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x