×

NMB BANK
NIC ASIA

एक दशकमा पनि सकिएन गरिब पहिचान

गरिब पहिचानको १० वर्ष : ६४ जिल्लामा ८ लाख ६८ हजार परिवार सूचीकृत, बाजुरामा बढी

काठमाडाैं | मंसिर २४, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

नेपालका ७७ मध्ये ६४ जिल्लामा कुल ८ लाख ८६ हजार ६२१ गरिब परिवार पहिचान गरिएको छ ।

Muktinath Bank

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले संकलन गरेको तथ्यांकअनुसार मंसिर २२ गतेसम्म ६४ जिल्लामा कुल ८ लाख ८६ हजार ६२१ गरिब परिवार पहिचान गरिएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

काठमाडौं, ललितपुर, भक्तपुर, इलाम, झापा, मोरङ, सुनसरी, तेह्रथुम, कास्की, चितवन, नवलपरासी पूर्व, नवलपरासी पश्चिम र पर्वत जिल्लासहित १३ जिल्लामा गरिब परिवार पहिचान गर्न बाँकी छ ।


Advertisment
Nabil box
Kumari

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको गरिब पहिचान तथा मापदण्ड शाखाका उपसचिव  झविन्द्रप्रसाद पाण्डेयका अनुसार उक्त १३ जिल्लामा पनि तथ्यांक संकलन भएर आइसकेको तर, गरिब परिवार पहिचान गर्न बाँकी छ ।

Vianet communication
Laxmi Bank

'७७ जिल्लामध्ये अहिलेसम्म कुल ४९ जिल्लामा गरिब परिवार पहिचान गरी परिचयपत्र समेत वितरण गरिसकिएको छ,' पाण्डेयले लोकान्तरसँग भने, '७७ जिल्लामध्ये कुल ७ पालिकामा मात्र तथ्यांक संकलन भएको छैन ।'

काठमाडौं महानगरपालिका, सप्तरीको छिन्नमस्ता गाउँपालिका, महादेवा गाउँपालिका, तिरहुत गाउँपालिका र अग्निसाइर कृष्णासवरन गाउँपालिका गरी चार पालिका, धनुषाको औरही गाउँपालिका र दाङको तुलसीपुर उपमहानगरपालिका गरी ७ पालिकामा गणनाको काम बाँकी छ ।

काठमाडौं महानगरले गणना गर्नका लागि गणक तथा सुपरिवेक्षकको नियुक्ति गर्नका लागि विज्ञापन समेत गरिसकेकाले छिट्टै गणनाको काम शुरू हुने पाण्डेयले बताए ।

null

२०७० सालमा सहकारी तथा गरिबी निवारण मन्त्रालय गठन हुँदा गरिब घर परिवार पहिचानको काम सरकारले थालेको हो । उक्त मन्त्रालयले गरिब घर परिवार पहिचान बोर्ड गठन गरी तथ्यांक संकलनको काम शुरू गरेको थियो । उक्त बोर्डले पहिलो चरणमा ५ वर्षमा २६ जिल्लामा तथ्यांक संकलन गरेको थियो ।

खोटाङ, भोजपुर, सिरहा, रौतहट, रामेछाप, सिन्धुली, गोरखा, तनहुँ, बागलुङ, रुकुम पूर्व, रोल्पा, प्युठान, अर्घाखाँची, कपिलवस्तु, बर्दिया, डोल्पा, मुगु, हुम्ला, जुम्ला, कालिकोट, जाजरकोट, रुकुम पश्चिम, बाजुरा, बझाङ, अछाम र कैलालीसहित २६ जिल्लामा उक्त बोर्डले गरिब परिवारको तथ्यांक संकलन गरी परिचयपत्र समेत वितरण गरेको थियो ।

पहिलो चरणमा गरिएको उक्त सर्वेक्षणमा १ लाख ८८ हजार २३२ अति गरिब, १ लाख १९ हजार ५७४ मध्यम गरिब, ८३ हजार ८४५ सामान्य गरिब गरी कुल ३ लाख ९१ हजार ८३१ गरिब घर परिवार पहिचान गरी परिचयपत्र वितरण गरिएको थियो ।

त्यसपछि २०७५ सालमा मन्त्रालयको नाम परिवर्तन भयो । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय नामकरण भएसँगै उक्त बोर्ड पनि विघटन भयो र गरिब परिवार पहिचान तथा परिचयपत्र वितरण निर्देशिका,२०७५ जारी भयो । २०७६ सालको साउन महिनादेखि फेरि गणना शुरू भएको थियो । 

यसरी हुन्छ गरिब परिवार पहिचान

गरिब परिवार पहिचान तथा परिचयपत्र वितरण निर्देशिका,२०७५ ले गरिब परिवार पहिचान गर्न विभिन्न ९ वटा सूचकहरू निर्धारण गरेको छ ।

जनसांख्यिक तथा मानवीय अवस्था, परिवारको आकार, परिवारको शैक्षिक अवस्था, परिवारमा निजी स्कूलमा अध्ययनरत बालबालिका र पारिवारिक औसत आयुलाई एउटा सूचक बनाइएको छ । त्यसैगरी परिवारका सदस्यको रोजगारीको अवस्था, आम्दानीको स्रोत, परिवारमा आश्रित व्यक्तिहरूको अवस्थालाई दोस्रो सूचक बनाइएको छ । बसोबास (घर)को भौतिक अवस्थाअन्तर्गत घरको स्वामित्व, घरको छाना, घरको भित्ता, घरको जगको प्रकार, घरमा भएका कोठाको संख्यालाई तेस्रो सूचक बनाइएको छ ।

त्यसैगरी घरायसी सुविधाअन्तर्गत पिउने पानीको उपलब्धता, शौचालयको सुविधा र प्रकार, खाना पकाउने इन्धन, बत्तिको स्रोतलाई चौथो सूचक मानिएको छ । घरायसी सम्पत्तिअन्तर्गत गाडी, इन्टरनेट जडान, केबल टेलिभिजन, टेलिफोन, रेफ्रिजिरेटर, पशुचौपाया र चराचुरुंगीको संख्या आदिलाई पनि सूचक मानिएको छ ।

भौगोलिको क्षेत्र तथा क्षेत्रगत गरिबीको अवस्था, जातजातिगत गरिबीको अवस्था, जग्गा जमिनको अवस्था र त्यसको अनुमानित मूल्य र पारिवारिक आम्दानीलाई आधार मानेर गरिब परिवारको पहिचान गर्ने गरिएको छ । माथि उल्लेख गरिएका सबै सूचकहरूको आधारमा आउने स्कोरलाई रकममा परिणत गरी परिवारको सदस्य संख्याले भाग गरी मूल्यांकन गरिन्छ ।

यसरी खर्च गर्न सक्ने क्षमताप्रति व्यक्ति २२ हजार ९२० रुपैयाँ भन्दा कम भयो भने त्यो परिवारलाई गरिब परिवारको रूपमा सूचीकृत गर्ने गरिएको पाण्डेय बताए । '२२ हजार ९२० रुपैयाँ पनि खर्च गर्न सक्ने क्षमता छैन भने त्यस्तालाई  सामान्य गरिबको परिचयपत्र दिने गरेका छौं । त्यसको ७५ प्रतिशत खर्च गर्न सक्ने क्षमतालाई मध्यम गरिब र आधा ५० प्रतिशत खर्च गर्न सक्ने क्षमता नभएकोलाई अति गरिब भनेर परिचयपत्र दिने गरेका छौं,' पाण्डेयले लोकान्तरसँग भने ।

माथि उल्लेख गरिएका सूचकका आधारमा पहिचान गर्नुका साथै छाप्रो घर भएको, आम्दानीको कुनै स्रोत नभएको, परिवारका सबै सदस्य अपांगता भएको वा दीर्घरोगी भएकोलाई स्वतः गरिब परिवारको रूपमा परिचयपत्र दिने गरिएको छ ।

बाजुरामा सबैभन्दा बढी गरिब परिवार

अहिलेसम्म संकलन गरिएको तथा वितरण गरिएको परिचयपत्रको तथ्यांकलाई हेर्ने हो भने गरिबी दरको आधारमा सबैभन्दा बढी बाजुरामा गरिब परिवार रहेको पाइएको छ । बाजुरामा ७१.१ प्रतिशत गरिबी दर छ । २१ हजार ७११ घर परिवारमा ८ हजार ९२ घरपरिवार मात्र त्यहाँ गैरगरिब छन् । ६ हजार ३९३ घर परिवार अति गरिब, ४ हजार २२८ घर परिवार मध्यम गरिब  र २ हजार ९९८ घर परिवार सामान्य गरिबसहित कुल १३ हजार ६१९ घर परिवार गरिब छन् ।

एउटा जिल्लामा कुल गरिबमध्ये अहिलेसम्म गरिएको गणनामा सबैभन्दा बढी कैलालीमा गरिब रहेको पाइएको छ । कैलालीमा जम्मा ४४ हजार ६२९ घरपरिवार गरिब छन् भने सिरहामा ४० हजार ३२ घरपरिवार गरिब छन् ।

हेर्नुहोस्, तथ्यांक : 

nullnull

स्वास्थ्य र शिक्षामा गरिबलाई राज्यको सुविधा

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले गरिब घरपरिवारको परिचयपत्र वितरण गरेकाहरूलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सुविधा प्रदान गर्ने गरेको छ ।

पाण्डेयका अनुसार अति गरिब पहिचान भएकाहरूलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य बिमा नि:शुल्क गरेको छ । त्यसबाहेक दीर्घ रोग भएकालाई १ लाख रुपैयाँ समेत सरकारले प्रदान गरिरहेको उनले बताए ।

त्यसैगरी शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गरिब परिचयपत्र पाएका परिवारका सदस्यहरूको माध्यमिक शिक्षामा पूर्ण छात्रवृत्ति प्रदान गर्नुका साथै अन्य अध्ययनमा पनि राज्यले सुविधा प्रदान गर्दै आएको पाण्डेय बताउँछन् । त्यसबाहेक प्रदेश सरकार र स्थानीय सरकारले समेत विभिन्न किसिमका सुविधा, अनुदान दिने गरेको उनले बताए ।

बजेट अभावमा गणना लम्बियो

२०७० सालदेखि शुरू भएको गणना १० वर्षमा पनि सम्पन्न हुन सकेको छैन । पाण्डेयका अनुसार बजेट अभावमा चरणबद्ध गणना गर्नुपरेको तथा समय लागेको हो । हिमाली जिल्लामा एउटा गणकले ४ महिनाको अवधिमा १ हजार घर परिवार, पहाडी जिल्लामा १२ सय घर परिवार र तराईका जिल्लामा १५ सय घर परिवारको तथ्यांक गणना गर्नुपर्ने हुन्छ ।

त्यस आधारमा रहेको कुल घरपरिवारको आधारमा गणक संख्या निर्धारण गरिन्छ । १० गणकमा १ सुपरिवेक्षक निर्धारण हुन्छ ।

स्थानीय तहले त्यसै आधारमा गणक र सुपरिवेक्षक नियुक्त गर्ने गर्छ । एउटा गणकलाई खरिदारसरह र सुपरिवेक्षकलाई नायब सुब्बासरहको तलब सुविधा दिने गरी बढीमा ५ महिनाका लागि स्थानीय तहले करारमा नियुक्त गर्ने गर्छ ।  

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x